बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

बाढीपहिरोले टेम्केमैयुङ लेखर्कमा करोडौँको क्षति

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २१ २०८१
images
बाढीपहिरोले टेम्केमैयुङ लेखर्कमा करोडौँको क्षति

वर्षाले पहिरोले पुल, खानेपानी, सिँचाइ कुलो, सडक, पाँचधारे प्रहरी चौकीेसँगै स्थानीयको घर तथा विभिन्न संरचनामा क्षति पुगेको हो।

images
images

भोजपुर- हालैको वर्षाले टेम्केमैयुङ-९ लेखर्कमा राउतेखोला पक्की पुलसँगै विभिन्न संरचनामा क्षति पुर्‍याएको छ। वर्षाले पहिरोले पुल, खानेपानी, सिँचाइ कुलो, सडक, पाँचधारे प्रहरी चौकीेसँगै स्थानीयको घर तथा विभिन्न संरचनामा क्षति पुगेको हो। 

images
images
images

बाढीपहिरोका कारण यहाँ चारको करोड रुपैयाँभन्दा बढीको क्षति भएको टेम्केमैयुङ-९ का वडाध्यक्ष नभराज माङ्पाहाङले बताए। हाल क्षति पुगेका संरचनाको विवरण संकलनको काम भइरहेको उनको भनाइ छ।

images
images

पहिराले साविक वडा नं ६ काभ्रेमा बस्ती नै जोखिममा रहेको वडाध्यक्ष माङ्पाहाङले जानकारी दिए। यहाँको राईटोल र विकटोल जोखिममा रहेको उनले जानकारी दिए।

images
images

'बाढी पहिराले चार करोड बढीको क्षति पुगेको अवस्था छ', उनले भने, 'काभ्रेको एउटा बस्ती नै जोखिममा छ। सडक, पुल, खानेपानी, सिँचाइ कुलोमा क्षति पुग्दा जनजीवनमा प्रत्यक्ष असर परेको अवस्था छ।'

त्यस्तै बाढीपहिराले काभ्रे खानेपानी आयोजना, लेखर्क खानेपानी आयोजनामा क्षति पुगेको छ। त्यस्तै गिद्धे सिँचाइ कुलो, धिमाल कुलो, बिसाउने कुलो, बजगाईँ कुलो, सुन्तले कुलो, विजलेस काभ्रे सिँचाइ कुलो र जौबारी सिँचाइ कुलोमा क्षति पुगेको छ।
 
साविक दुई वाइराङका तुलसी सुनार, सूर्य विकको घर र ज्ञानोदय आधारभूत विद्यायलय पहिराको जोमिखमा परेको वडा कार्यालयले जनाएको छ।  

पाँचधारे प्रहरी चौकीको पश्चिम भागबाट पहिरो खस्दै गरेकाले जोखिममा रहेको वडाका प्रतिनिधि बताउँछन्। पहिराले दीपेन्द्र घिमिरे, इन्दिरा राई घिमिरे, जोधन राई, सीताराम घिमिरे र सूचन राईको घरमा असर परेको जनाइएको छ।

त्यस्तै स्थानीय कुमार विश्वकर्माको खेतमा क्षति पुगेको वडाले जनाएको छ। साविक-४ जाल्पादेवी आधारभूत विद्यालय र युवराज पुरीको घर पहिराको जोखिममा परेको जनाइएको छ। रासस


प्रकाशित : सोमबार, असोज २१ २०८११०:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend