बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

ओरियण्टलको २७औँ वार्षिक साधारणसभा सम्पन्न, ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय

आइतबार, असोज २० २०८१
ओरियण्टलको २७औँ वार्षिक साधारणसभा सम्पन्न, ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय

बिहीबार बसेको ओरियण्टलको २७औँ वार्षिक साधारणसभाले यो आर्थिक वर्ष ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

काठमाडौं- ओरियण्टल होटल्स लिमिटेडले यसवर्ष सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

बिहीबार बसेको ओरियण्टलको २७औँ वार्षिक साधारणसभाले यो आर्थिक वर्ष ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये बोनस सेयर ५ प्रतिशत र कर प्रयोजनको लागि ०.२६ प्रतिशतले हुन आउने २९ लाख ६८ हजार रूपैयाँ नगद लाभांश रहेको कम्पनीले जनाएको छ।

साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ आसार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/०८१ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धि टिप्पणीहरु पनि पारित गरेको छ।

आर्थिक वर्ष २०८०/०८१ मा ओरियण्टलको होटलको कुल बिक्री १ अर्ब २१ करोड ६७ लाख रूपैयाँ रहेको र कुल सञ्चालन खर्च ९६ करोड ७० लाख भइ जम्मा २४ करोड ९७ लाख रूपैयाँ सञ्चालन नाफा कम्पनीले गरेको छ। सम्पूर्ण खर्चहरु कट्टा गरी खुद नाफा १२ करोड ४० लाख रूपैयाँ भएको भएको कम्पनीले जनाएको छ।

अघिल्लो वर्ष होटलको नाफा १८ करोड ४६ लाख रूपैयाँ भएको थियो। अघिल्लो वर्षको नाफामा असाधारण आम्दानीसमेत रहेकाले सोलाई हटाइ तुलना गर्ने हो भने होटलको बिकी र नाफामा वृद्धि भएको कम्पनीको दाबी छ।

यस कम्पनीले निर्माण गरेको कम्पनीको नयाँ भवनको निमार्ण यसै वर्ष पूरा भइ सञ्चालनमा आउने छ जसले कम्पनीको आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ। त्यस्तै पुरानो भवनको तेस्रो, चौथो र पाँचौ तल्ला पुनर्निर्माण गरी आधुनिक बनाउने काम सुरु भइसकेको जानकारी कम्पनीले गराएको छ।


प्रकाशित : आइतबार, असोज २० २०८११६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend