शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

सर्लाहीमा बाढीमा परी मृत्यु भएकाका परिवारलाई राहत रकम प्रदान

images
आइतबार, असोज २० २०८१
images
images
सर्लाहीमा बाढीमा परी मृत्यु भएकाका परिवारलाई राहत रकम प्रदान

मृत्यु भएकाका दुई परिवारलाई जनही दुई लाख बराबरको चेक हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताए।

images
images

सर्लाही- बाढी तथा डुबानमा परेर ज्यान गुमाएका सर्लाहीको बलरा नगरपालिकाका दुई परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ।

images
images
images

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले राहत रकम पीडित परिवारलाई हस्तान्तरण गरेका हुन्। प्रजिअ अधिकारीले मृत्यु भएका दुई परिवारलाई जनही दुई लाख बराबरको चेक हस्तान्तरण गरिएको जानकारी दिए।

गत असोज १२ गते बागमती नदीमा आएको बाढी बाँध फुटाएर गाउँ पस्दा जिल्लाको दक्षिण पश्चिम बलरा नगरपालिका-३, लक्ष्मीपुरका १३ वर्षीय अङ्कित ठाकुर र वडा नम्बर-१, हथियौलका २७ वर्षीय पवन गिरीको मृत्यु भएको थियो। 

images

उनीहरु दुवै जनाको शव खोजीको क्रममा तेस्रो र चौथो दिन फेला परेको थियो। दुवै जनाका परिवारलाई घरमै पुगेर राहत स्वरुप संघीय सरकारले निर्णय गरेको रकम प्रदान गरिएको हो।

images

त्यसैगरी पालिकाका दुई पीडित परिवारलाई बलरा नगरपालिकाले पनि जनही एक/एक लाख राहत रकम प्रदान गर्ने निर्णय गरेको बलरा नगरपालिका प्रमुख रामाशङ्कर प्रसाद कुशवाहाले जानकारी दिए। विपन्न पीडित परिवारलाई सोही राहत रकमबाट मिलान गर्ने गरी तत्काललाई काजकिरियाको लागि शुक्रबारमात्र जनही २५ हजार रकम उपलब्ध गराएको उनको भनाइ थियो।

यस्तै अविरल वर्षापछि सोती खोलामा आएको बाढीले बगाएर सर्लाहीको बागमती नगरपालिका-९, सक्रौल टोलका १४ वर्षीय मुकेश महतोको पनि मृत्यु भएको थियो। महतो परिवारलाई पनि राहतस्वरुप दुई लाख रूपैयाँ प्रदान गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, असोज २० २०८११५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend