शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

गतसाता ११० अंकले बढेको सेयर बजार यो साता पनि हरियालीतर्फ नै

५६ अंकले बढ्यो, ६ अर्ब १३ करोडको कारोबार

images
आइतबार, असोज २० २०८१
images
images
गतसाता ११० अंकले बढेको सेयर बजार यो साता पनि हरियालीतर्फ नै
images
images

काठमाडौं- गएको साता चार दिन भएको कारोबारमा समग्रमा ११०.७२ अंकले बढेको सेयर बजारमा यो साताको पहिलो कारोबार पनि उकालोतिर नै लागेको छ। त्यसअघिको साता उतारचढावपूर्ण अवस्थामा बजार समग्रमा ९० अंकले ओरालोतिर लागेको थियो।

images
images

आइतबार ५६.०९ अंकले बढेर बजार २६५३.५८ बिन्दुमा पुगेको छ। २१९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ। २३ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

लगातार वृद्धिमा लागेर कीर्तिमानी बिन्दु पार हुने अपेक्षाबीच धरमर हुँदै ओरालोतिर देखिएको बजारमा अहिले हरियाली देखिएको हो। गएको साता पहिलो कारोबारमा आइतबार २२.३६ अंकले घटेको सेयर बजार सोमबार ४४.४५ अंकले उकालोतिर लागेको थियो। मंगलबार ११४.७० अंकले बढेको बजार बुधबार ने २६.०७ अंकले घटेको थियो। 

images
images

भदौ महिनाभर कमजोर देखिँदै ४२०.०५ अंकले घटेको सेयर बजार असोज महिनामा वृद्धितर्फ नै लाग्ने लगानीकर्ताको अपेक्षा रहेको छ।कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा 'बाउन्स ब्याक' हुने अपेक्षा राखेका लगानीकर्ताहरू केही उत्साहित देखिन्छन्।  

पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएकाले अब बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। सबै सूचकहरूले साथ दिएको बताइए पनि बजार निरन्तर उचाइतर्फ भने बढ्न सकेको छैन। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोजमा उचाइतर्फ फर्कने आँकलन भइरहेको छ। असोज चाडबाडको महिना भएकाले पनि बजारको गति अनुमान गर्न सहज भने छैन। 


प्रकाशित : आइतबार, असोज २० २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend