बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

बाढीले झोलुंगे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ

images
आइतबार, असोज २० २०८१
images
बाढीले झोलुंगे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ

'दिनहुँ आवतजावत गर्नुपर्ने ठाउँमा घण्टौँ लगाएर अर्को बाटो जानुभन्दा नजिकैको अर्को क्षतिग्रस्त पुलबाट जोखिम मोलेर अहिले स्थानीय आवजावत गरिरहेका छन्', वडाध्यक्ष यामबहादुर थापा बताउँछन्।

images
images

गोरखा- त्रिशूली नदीमा आएको बाढीले झोलुंगे पुल बगाएपछि गोरखाको सहिदलखन गाउँपालिका-४ ठेउवाटार र आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ।

images
images
images

यही असोज १२ गते नदीमा आएको बाढीले ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटार जोड्ने झोलुंगे पुल बगाएपछि अहिले यस क्षेत्रका बासिन्दालाई दैनिक आवतजावतमा समस्या भएको हो।

images
images

'ठेउवाटारबाट अलि नजिकै रहेको अर्को झोलुंगे पुलमा पनि बाढीले दुवैतर्फको लठ्ठा चुँडाएर क्षति पुर्‍याएको छ', सहिदलखन-४ का वडाध्यक्ष यामबहादुर थापाले भने, 'क्षतिग्रस्त पुलबाट हिँड्डुल गर्दा ज्यान जोखिममा राख्नुपर्ने बाध्यता यहाँका स्थानीयवासीको छ।' उनले क्षतिग्रस्त पुल तत्काल मर्मत नगरी नहुने अवस्थामा रहेको बताए।

images
images

'ठेउवाटार, करङबगर, माथिल्लो ठेउवाटार, तेर्से, बाहुनथोकलगायत क्षेत्रका स्थानीयलाई त्रिशूली नदी तरेर कुरिनटारसम्म पुग्नका लागि सहजै अर्को विकल्प छैन', वडाध्यक्ष थापाले भने, 'दिनहुँ आवतजावत गर्नुपर्ने ठाउँमा घण्टौँ लगाएर अर्को बाटो जानुभन्दा नजिकैको अर्को क्षतिग्रस्त पुलबाट जोखिम मोलेर अहिले स्थानीय आवजावत गरिरहेका छन्।'

झोलुंगे पुल बगाउँदा त्यहाँका करिब दुई सय ५० भन्दाबढी घरपरिवार समस्यामा परेको छन्।

'हावाहुरी आइहाल्यो भने त लठ्ठा चुँडिएको पुल फर्किन पनि सक्छ', उनले भने, 'विद्यार्थीलाई विद्यालय तथा कलेजमा आवतजावत गर्न र किसानलाई आफूले उत्पादन गरेको दूध र तरकारी बजारसम्म पुर्‍याउन कठिनाइ हुँदै आएको छ।' रासस


प्रकाशित : आइतबार, असोज २० २०८११४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend