बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त

images
आइतबार, असोज २० २०८१
images
प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त

संसदीय सुनुवाइ समितिले यही असोज १६ गते प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको थियो।

images
images

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन्।

images
images
images

राष्ट्रपतिले आज नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश  प्रकाशमान सिंह राउतलाई नेपालको प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन्।

images
images

संसदीय सुनुवाइ समितिले यही असोज १६ गते प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम सर्वसम्मत अनुमोदन गरेको थियो।

images
images

संवैधानिक परिषद्को गत भदौ ३१ गत बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि यही असोज १९ गते सकिएपछि आज राष्ट्रपतिले प्रधानन्यायाधीशमा राउतलाई नियुक्त गरेका हुन्। रासस


प्रकाशित : आइतबार, असोज २० २०८११२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend