शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

कुल परीक्षणको २४.४७ प्रतिशतमा कोरोना

शुक्रबार, पुस ३० २०७८
कुल परीक्षणको २४.४७ प्रतिशतमा कोरोना

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार कुल परीक्षणको २४.४७ प्रतिशतमा कोरोना देखिएको छ।

काठमाडौं- कोरोना संक्रमण फैलिने क्रम बढ्दो देखिएको छ। नेपालमा अहिले कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टका संक्रमितहरू भेटिएका छन्। जसमा ओमिक्रोनको संक्रमण फैलँदो देखिएको छ। 

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार कुल परीक्षणको २४.४७ प्रतिशमा कोरोना देखिएको छ। शुक्रबार २० हजार ५ सय ६० जनाको कोरोना परीक्षण भएको थियो। जसमा ५ हजार ८७ जनामा कोरोना देखा परेको हो। 

शुक्रबार १३ हजार ४ सय ७४ जनोको पीसीआर परीक्षण भएकोमा ४ हजार २ सय ४ जनाको कोरोना देखिएको छ। यसैगरी ७ हजार ८६ जनाको एन्टिजेन परीक्षणमा ८ सय ८३ जनाको कोरोना देखिएको छ।

शुक्रकबार ३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। यो सँगै नेपालमा अब सक्रिय संकमितको संख्या १८ हजार  २ सय ३५ पुगेको छ।साथै २४ घण्टामा ३ लाख २० हजार २ सय ६७ जनाले कोरोना खोप लगाएका छन्।


प्रकाशित : शुक्रबार, पुस ३० २०७८११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend