बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

विपद्‍बाट प्रभावित लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहको निर्देशन

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज २० २०८१
images
विपद्‍बाट प्रभावित लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहको निर्देशन

गृहमन्त्री लेखकले अहिले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर जिल्लाहरुमा रकम पठाइसकिएको बताउँदै सम्बन्धित जिल्लाले पीडितलाई राहत रकम वितरण गरिरहेका जानकारी दिए।

images
images

काठमाडौं- गृह मन्त्रालयले विपद्बाट प्रभावित लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ।

images
images
images

मन्त्रालयले यसरी लाभग्राहीको संख्या यकिन गरेर आएको खण्डमा तीन दिनभित्रै अस्थायी आवासका लागि रकम निकासा गर्ने जानकारी गराएको हो। 

images
images

गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबानलगायतबाट प्रभावित जिल्लालाई चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरी पठाउन निर्देशन भइसकेको जानकारी दिए।

images
images

गृह मन्त्रालयमा शनिबार आयोजित एक कार्यक्रममा उनले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवासका लागि रकम निकासा गर्ने प्रस्ट पारे।

गृहमन्त्री लेखकले विपद्मा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै मृतक परिवारमा श्रद्धाञ्जलि तथा पीडित परिवारमा समवेदना पनि प्रकट गरे। उनले घाइतेहरुको सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिँदै उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे।

गृहमन्त्री लेखकले अहिले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर जिल्लाहरुमा रकम पठाइसकिएको बताउँदै सम्बन्धित जिल्लाले पीडितलाई राहत रकम वितरण गरिरहेका जानकारी दिए। उनले उद्धार, राहत र पुनःस्थापनामा सरकारी गम्भीर भएर लागेको उल्लेख गरे।

यही असोज १० देखि  १२ गतेसम्म आएको मनसुनी वर्षाका कारण देशभर गरेर दुई सय ३९ जनाको मृत्यु भएको छ भने अझै १९ जना हराइरहेका छन्। अर्बाैंको भौतिक संरचनामा क्षति पुगेको छ। अहिले पनि बिपी राजमार्गलगायत कति राजमार्ग सञ्चालन हुन सकेका छैनन्।


प्रकाशित : आइतबार, असोज २० २०८१०९:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend