बुधबार, मंसिर १९ गते २०८१    
images
images

मनसुनी वायुको आंशिक प्रभाव बाँकी, केही स्थानमा मध्यम वर्षाको सम्भावना

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज २० २०८१
images
images
मनसुनी वायुको आंशिक प्रभाव बाँकी, केही स्थानमा मध्यम वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

images
images

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बंगलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बं‌गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ।

images
images
images

विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनीका केही र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

images

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

images

आज राति मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

साथै कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ।

विभागले आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ। मौसमविद् सरोज पुडासैनीका अनुसार मनसुन क्रमशः क्षीण हुँदै गएको छ। रासस


प्रकाशित : आइतबार, असोज २० २०८१०९:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend