शनिबार, मंसिर ८ गते २०८१    
images
images

चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरी पठाउन बाढीपहिरो प्रभावित स्थानीय तहलाई गृहमन्त्रीको आग्रह

images
शनिबार, असोज १९ २०८१
images
images
चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरी पठाउन बाढीपहिरो प्रभावित स्थानीय तहलाई गृहमन्त्रीको आग्रह

गृहमन्त्री रमेश लेखकले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउन सकिने बताए।

images
images

काठमाडौं- गृहमन्त्री रमेश लेखकले बाढीपहिरो र डुबानबाट प्रभावित जिल्लाका पालिकाहरुलाई चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरी पठाउन आग्रह गरेका छन्।

images
images
images

शनिबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउन सकिने बताए।

images

उनले विपद्‌मा ठूलो जनधनको क्षति भएकोमा सरकारको गम्भीररुपले ध्यान आकृष्ट भएको बताए। 'मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लामा रकम पठाएर घरमै पुगेर वितरण गरिरहेका छौँ', गृहमन्त्री लेखकले भने, ' घाइतेहरुको पनि अस्पतालमा निःशुल्क उपचार अघि बढेको छ।'

images

विपद् संकटग्रस्त क्षेत्र घोषणा सरकारले गरिसकेको बताउँदै उनले त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रित गरेको जानकारी दिए।

'उद्धार, राहत र पुनर्स्थापनाका सवालमा सरकार गम्भीर भएर अघि बढेको छ', उनले भने, 'पूर्णरुपमा घर क्षति भएका पीडित नागरिकहरुलाई तत्काल अस्थायी घरबास बनाउन रकम निकासा गर्ने कुरा अगाडी बढेको छ।'

ग्रामीण भेगमा नागरिकहरुको स्वास्थ्य उपचारका लागि आपतकालीन हवाई उद्धार तथा संरक्षणको मागसहित एक महिनाअघि आमरण अनसन पसेका तेह्रथुमका ४२ वर्षीय दीपक सिलवाललाई शनिबार गृह मन्त्रालयमा सहमतिपछि अनसनरत सिलवाललाइ जुस खुवाएर अनशन अन्त्य गराउने क्रममा बोल्दै गृहमन्त्री लेखकले अनसनरत सिलवालले उठाएका विषय सरकारले गम्भीर रुपमा लिएको बताए।

'हवाई उद्धारलाई प्रभावकारी बनाउने विषयमा सरकारको ध्यान गएको छ', उनले भने,' यो विषयलाई थप गम्भीररुपमा लिएर सरकारले यस सम्बन्धित कार्यविधि संशोधन सिलवालजीका कुरा समेटेर गरेर अघि बढ्ने छौँ।'


प्रकाशित : शनिबार, असोज १९ २०८११७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend