बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

अहिले पनि प्रचलनमा रहेका संसारका सबैभन्दा पुराना १० मुद्रा

आइतबार, असोज २० २०८१
अहिले पनि प्रचलनमा रहेका संसारका सबैभन्दा पुराना १० मुद्रा

१२औँ सताब्दीमा पाउन्ड स्टरलिङललाई इङल्यान्डले आधिकारिक मुद्राको रुपमा प्रयोगमा ल्याएको थियो।

काठमाडौं- अभौतिक मुद्राले विश्व बजार तताइरहेको अहिलेको समयमा वस्तु विनिमयको सबैभन्दा उत्कृष्ट माध्य मुद्रा हो। मुद्रा अर्थात पैसा देश अनुसार अलग अलग हुन्छन् भने केही देशहरुले साझा पैसा प्रयोग गर्दै आएका छन्। 

देशभित्र सामान खरिद बिक्री गर्दा त्यही देशको मुद्रा प्रयोग हुन्छ भने विदेशबाट सामान किन्न पर्दा वा सामान बिक्री गरेबापट विदेशी मुद्रामा गर्नुपर्छ। वर्तमान विश्वमा विदेशी विनिमयका लागि अमेरिकी डलरको प्रयोग हुँदै आएको छ। कयौँ देशहरुले सामान किन्न अमेपिरकी डलरको प्रयोग नगरेर दुई देशका मुद्रामै पनि गर्न थालेका छन्। 

विदेशी विनियम बजारमा विभिन्न देशका मुद्राहरुको सटही देशहरुले गर्दै आएका छन्। विदेशी मुद्राको बजार विश्वको सबैभन्दा ठूलो र तरल बजारमा रुपमा रहँदै आएको छ। विश्वभर दैनिक ६६ खर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा विश्वभर खरिदबिक्री हुने गरेको छ। 

यसरी हुने मुद्राको कारोबार एउटै ठाउँमा हुन सम्भव छैन र एकै सरकारले नियमन गर्न पनि सम्भव देखिँदैन। तर सबैभन्दा धेरै खरिद बिक्री हुने मुद्राहरुमा अमेरिकी डलर, युरो, जापनिज यन, अस्ट्रेलियन डलर र स्वीस फ्रेंक हुन्। 

यस्ता मुद्राहरु कति पुराना छन् र कुन समयदेखि प्रचलनमा छन् भन्ने चासो धेरैलाई हुन सक्छ। यसबारेमा भिजुअल क्यापिटालिस्टले एउटा सामग्री प्रकाशित गरेको छ। उक्त सामग्रीमा विश्वका केही पुराना मुद्रा जो शताब्दीऔँदेखि प्रचलनमा रहेका छन्।

ब्रिटिस पाउन्ड : १२ सय वर्षभन्दा पुरानो

पाउन्ड स्टरलिङ बेलायतको मुद्रा हो जसलाई ब्रिटिस पाउन्ड भनिन्छ। ब्रिटिस पाउन्ड अहिले पनि प्रयोगमा रहेको संसारको सबैभन्दा पुरानो मुद्रा हो। यो मुद्रा करिब ७७५ एडीदेखि प्रचलनमा आएको थियो। एङलो-एक्सन समयमा सिलभरलाई पैसा बनाएर प्रयोगमा ल्याइएको थियो जुन अहिलेको इङल्यान्डमा छ। 

१२औँ सताब्दीमा पाउन्ड स्टरलिङललाई इङल्यान्डले आधिकारिक मुद्राको रुपमा प्रयोगमा ल्याएको थियो। 

यी हुन् संसारका पुराना र अहिले प्रचलनमा रहेको १० मुद्रा

पाउन्ड स्टरलिङ बेलायतसहित उसको ९ टेरिटोरीमा प्रचलनमा छ। यो मुद्रा ८औँ सताब्दीदेखि प्रयोगमा छ। 
सर्बियन डलर सर्बियामा प्रयोगमा छ र यो १२ सय १४ देखि प्रचलनमा आएको थियो। 

रसियन रुबल रसियाको मुद्रा हो भने यो १३औँ सताब्दीदेखि प्रयोगमा छ।

अमेरिकी डलर संयुक्त राज्य अमेरिकाको मुद्रा हो। अहिले संसारभर सटहीमा यही मुद्राको बाहुल्यता रहेको छ। अमेरिकी डलर १७ सय ८५ देखि प्रचलनमा छ। दशकौँ देखि विश्वभर अमेरिकी डलर सबैभन्दा धेरै खरिदबिक्री हुने मुद्राको रुपमा रहिआएको छ। 

हैटियन गोर्ड हैटीको मुद्रा हो भने यो १८ सय १३ देखि प्रयोगमा आएको थियो। 

फकल्यान्ड आइसल्यान्ड पाउन्ड फकल्यान्ड आइसल्यान्डको मुद्रा हो यो १८ सय ३३ देखि प्रचलनमा रहेको छ। 

डोमिनिकन पेसो डोमिनिकन रिपब्लिकको आधिकारिक मुद्रा हो र यो १८ सय ४४ देखि अहिलेसम्म पनि प्रचलनमा रहेको छ। 

स्वीस फ्रंक स्वीजरल्यान्डको मुद्रा हो भने यो १८ सय ५० देखि निरन्तर प्रयोगमा रहिआएको छ। 

क्यानेडियन डलर क्यानडाको मुद्रा हो भने यो १८ सय ७१ देखि प्रचलनमा छ। 

जापानी यन जापानको मुद्रा हो र यो १८ सय ७१ देखि अनवरत प्रचलनमा रहिआएको छ।


प्रकाशित : आइतबार, असोज २० २०८१०९:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend