बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

बर्दघाटमा १२ करोड लागतमा ट्रमा सेन्टर निर्माण थालियो

images
शनिबार, असोज १९ २०८१
images
बर्दघाटमा १२ करोड लागतमा ट्रमा सेन्टर निर्माण थालियो

डेढ वर्षमा सम्पन्न हुने ट्रमा सेन्टर २०८२ साल पुस २३ गतेभित्र सम्पन्न गरिने योजना रहेको छ।

images
images

नवलपरासी- पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टरको निमार्ण सुरु गरिएको छ।

images
images
images

बर्दघाट नगरपालिकामा संघीय सरकारको करिब १२ करोड लागतमा निर्माण हुने ट्रमा सेन्टरको निमार्ण कार्य सुरु भएको हो।

images
images

नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टरको निर्माणले बर्दघाटका स्वास्थ्य क्षेत्रमा नयाँ आयाम ल्याएको बताए।

images
images

ट्रमा सेन्टर निर्माणपश्चात जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ।

डेढ वर्षमा सम्पन्न हुने ट्रमा सेन्टर २०८२ साल पुस २३ गतेभित्र सम्पन्न गरिने योजना रहेको छ।

बर्दघाट ट्रमा सेन्टरको निमार्ण सम्पन्न भएपश्चात यो क्षेत्रका जनताले अत्याधुनिक स्वास्थ्य सेवाको पहुँच प्राप्त गर्ने जनाइएको छ। रासस


प्रकाशित : शनिबार, असोज १९ २०८११५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend