मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

काठमाडौं उपत्यकामा चाडपर्वलक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमन, दुईवटा फर्ममा भेटियो अखाद्य वस्तु

images
शनिबार, असोज १९ २०८१
images
images
काठमाडौं उपत्यकामा चाडपर्वलक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमन, दुईवटा फर्ममा भेटियो अखाद्य वस्तु
फाइल तस्बिर

सूर्यमुखी डेरी पसलको प्रशोधित दूधको नमूनाको विस्तृत परीक्षणका लागि नमूना संकलन गरी प्रयोगशालामा पठाइएको जनाइएको छ।

images
images

काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित खाद्य पदार्थको अनुगमनलाई निरन्तरता दिने क्रममा दुई वटा फर्मको अनुगमनका क्रममा अखाद्य पदार्थ भेटिएको जनाएको छ।

images
images
images

विभागले मोवाइल फुड ल्याव भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमनका लागि टोली खटाएको थियो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य उद्योग एवं व्यवसायको निरीक्षण अनुगमन गर्दा एउटा खाद्य कम्पनी र एउटा डेरी गरी दुईवटा फर्ममा अखाद्य पदार्थ भेटिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए।

images
images

पेप्सीकोलास्थित सूर्यमुखी डेरी पसल र एबी टिपिकल थकालीका खाद्य पदार्थको नमूनाको प्रारम्भिक जाँच गर्दा कैफियतसहित अखाद्य पदार्थ भेटिएको उनले जानकारी दिए। सूर्यमुखी डेरी पसलको प्रशोधित दूधको नमूनाको विस्तृत परीक्षणका लागि नमूना संकलन गरी प्रयोगशालामा पठाइएको जनाइएको छ।

images
images
images

एबी टिपिकल थकालीमा बेकरी सर्टेनिङ्गको प्रारम्भिक चेकजाँच गर्दा कैफियत देखिएको थियो। विभागले बेकरी सर्टेनिङ्गको प्रयोग नगर्न सो कम्पनीलाई निर्देशन दिएको छ।

विभागले त्यस क्षेत्रका पाँच फर्ममा अनुगमन गर्दा तीन वटामा भने कुनै कैफियत नपाइएको जनाइएको छ। रासस


प्रकाशित : शनिबार, असोज १९ २०८११३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend