शनिबार, साउन १२ गते २०८१    
images
images
images

दीगो पर्यटन रणनीतिबारे दातृ निकायसँग छलफल 

images
शुक्रबार, पुस ३० २०७८
images
images
दीगो पर्यटन रणनीतिबारे दातृ निकायसँग छलफल 
images

काठमाडौं-  नेपाल पर्यटन बोर्डले नयाँ परिस्थतीमा दीगो पर्यटनका नयाँ रणनीतिका साथ काम गर्ने विषयमा दातृ निकाय एवं कुटनीतिक नियोगसँग छलफल गरेको छ। 

images
images

बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीअएआरपी)अन्र्तगत देशभर भएका कामबारे जानकारी दिँदै नेपाल पर्यटन पुनःरुत्थानको रणनीति २०२१ बारे दातृ निकाय एवं कुटनीतिक नियोगसँगसँग छलफल आयोजना गरेको हो।

images

कार्यक्रममा बोर्डले तयार पारेको नेपाल पर्यटन पुनःरुत्थानको रणनीति २०२१, पर्यटकीय सवारी सञ्चालन मार्गनिर्देशन, र फुड एण्ड वेभरेज सर्भिस स्टान्डर्डका बारेमा जानकारी गराइएको थियो। 

शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा एसटीएलआरपी परियोजनाका राष्ट्रिय परियोजना निर्देशक डा. धनन्जय रेग्मीले कोभिड १९ को संक्रमण र यसले पारेको प्रभावका बीच पनि नेपाल पर्यटन बोर्डले विभिन्न रचनात्मक कामहरु गरेको जानकारी दिँदै पछिल्लो परस्थितीमा पनि नयाँ रणनीतिका साथ काम गर्नु पर्ने अवस्था आएको बताएका थिए।

images

‘कोभिड १९ को कारण विगतको समय हामी सबैका लागि कठिन नै रह्यो। तर पनि हामीले केही रचनात्मक कामहरु गर्‍यौं। पर्यटक खोज तथा उद्धार, आन्तरिक पर्यटन प्रवर्द्धनमा सामाजिक जागरणका कार्य,टाभल प्रोटोकल अपडेट जस्ता कार्य निरन्तर भए,’ उनले भने, ‘कोभिडको नयाँ भेरियन्टले गर्दा तत्काल परिस्थती सहज बन्ने अवस्था देखिँदैन। यद्यपी यो क्षेत्रलाई बचाई राख्न केही न कही गर्ने पर्ने अवस्था छ त्यसको लागि नयाँ साझेदार आवश्यक रहकोले सहकार्यको लागि म दातृ निकायलाई अनुरोध गर्दछु।’

रेग्मीले एसटीअएआरपी परियोजनाबाट करिब ६ हजार पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी सिर्जना,१९ वटा हाइकिङ रुट निर्माण,१५ किलोमिटर साइकलमार्ग निर्माण,७५ किलोमिटर पदर्मागको पुनर्निर्माण र ५७ किलोमिटर नयाँ विकास, छ वटा  पर्यटकीय सेल्टर निर्माण, सातवटा काठे  पुल निर्माण तथा ११ वटाको मर्मत सम्हार गरिएको जानकारी दिँदै यसले पर्यटनका लागि नयाँ प्रडक्ट समेत विकास गरेको जनाकारी दिएका थिए।

परियोजनाले २३ जिल्लाका ३८ वटा पालिकासँगको सहकार्यमा र्पूर्वको कञ्चनजंघा देखि सुदुरपश्चिमको कञ्चनपुरसम्म र तराईमा लुम्बिनी जनकपुर देखि हिमालमा हुम्ला डोल्पा, सोलुखुम्बुको करिब ५ हजार मिटर उचाइसम्म काम गरेको थियो।  

कार्यक्रममा राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय  प्रतिनिधी आइसोनी लावेले नेपाल पर्यटन बोर्डको शुरुवाती चरणदेखि नै युएनडीपीले बोर्डसँग काम गरेको स्मरण गर्दै कठिन समयका बाबजुद बोर्डले एसटीएलआरपी परियोजना अन्तरगत गरेका कामहरु मह्वपूर्ण रहेको बताए।
 
कार्यक्रममा बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले पर्यटनसँग सम्बद्ध ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान),नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्स् (नाटा),होटल एशोसिएसन नेपाल (हान),नेपाल एशोसिएसन अफ राफिटिङ एजेन्सिज (नारा) र लगायतका संस्थाहरू तथा स्थानीय तहसँगको सहकार्यमा एसटीएलआरपीको माध्यमबाट अल्पकालीन रोजगारी सिर्जना मात्र नभई पर्यटकीय प्रडक्ट समेत तयार भएको उल्लेख गरे।


प्रकाशित : शुक्रबार, पुस ३० २०७८१०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend