आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुंगे पुल जोखिममा

images
शनिबार, असोज १९ २०८१
images
images
त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुंगे पुल जोखिममा
फाइल तस्बिर

बाढीले पुल जोखिममा परेपछि आवतजावतमा समस्या भएको आँबुखैरेनी-५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए।

images
images

तनहुँ- गत असोज ११ र १२ गतेको अविरल वर्षापछि त्रिशूली नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुंगे पुल जोखिममा परेको छ। त्रिशूली नदीमा आएको बाढीले तनहुँको आँबुखैरेनी गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका-२९ जोड्ने घुमाउनेको झोलुंगे पुल जोखिममा परेको हो। 

images
images

बाढीले पुल जोखिममा परेपछि आवतजावतमा समस्या भएको आँबुखैरेनी-५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए।

images
images

घुमाउनेमा निर्माणाधीन पक्की पुल विगत १० वर्षदेखि अलपत्र हुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतका लागि यो पुलमात्रै विकल्प हो। पुल पनि बाढीले जोखिममा परेपछि हिँडडुलमा समस्या भएको वडाध्यक्ष गुरुङको भनाइ छ। उनले भने, 'घुमाउनेका सर्वसाधारण यही पुल प्रयोग गरी मुग्लिन-नारायणगढ खण्डमा निस्किएर यात्रा गर्छन्, पुल खतरामा परेको छ।'

images
images
images

दसैँ सुरु भएसँगै सर्वसाधारणको आवतजावत बढेको र पुलको जोखिमका कारण समय मिलाएर पुल वारपार गर्ने व्यवस्था मिलाइएको गुरुङले बताए। बाढीले गर्दा पुल नै कोल्टिएको छ। यसैबीच गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री हरिबहादुर चुमान र आँबुखैरेनीका अध्यक्ष शुक्र चुमानले शुक्रबार उक्त पुलको अवलोकन गरेका छन्।

झोलुंगे पुल जोखिममा पर्दा यस भेगका जनतालाई आवतजावतमा असुविधा भएकाले उक्त पुलको गाउँपालिकाले मर्मत गर्ने अध्यक्ष चुमानले बताए। उनले भने, 'प्राविधिकसहितको टोलीले पुलको अवलोकन गरेको छ, दसैँका बेला सर्वसाधारणलाई सहज रुपमा आवतजावत मिलाउन तत्कालै यो पुलको मर्मत गर्छौँ।'

बुद्धसिंह मार्गअन्तर्गत पर्ने यो पुल हुँदै चितवन निस्कन मिल्छ। सदरमुकाम दमौलीबाट बुद्धसिंह मार्ग प्रयोग गर्दै मोटरसाइकलमा यहाँबाट यात्रा गर्न सकिन्छ।

सोही पुल नजिकै पक्की पुल निर्माण सुरु भएको १० वर्ष भए पनि पुलको प्रगति जम्मा ४० प्रतिशतमात्रै छ। रासस


प्रकाशित : शनिबार, असोज १९ २०८११२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend