शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सिभिल बैंक पनि मर्जरमा जाने, सम्भावित बैंक कुन होला?

images
शुक्रबार, पुस ३० २०७८
images
सिभिल बैंक पनि मर्जरमा जाने, सम्भावित बैंक कुन होला?
images
images

काठमाडौं- सिभिल बैंकले ११ औँ साधारणसभाबाट मर्ज वा एक्विजिसनमा जाने प्रस्ताव पारित गरेको छ। जसका लागि सभाले सञ्चालक समितिलाई जिम्मा दिने प्रस्तावसमेत परित गरेको छ।

images
images
images

सिभिलसँग कुन बैंक मर्जर वा एक्विजिसनमा जान्छ भन्ने चासो लगानीकर्तामा रहेको छ। सिभिल बैंकलाई मर्जर भाँडिएको हिमालयन बैंकको समेत प्रस्ताव आएको छ। सिभिलले निरन्तर अन्य बैंकसँग पनि छलफल गरिरहेको छ।

images
images

शुक्रबार हिमालयनको साधारणसभामा नेपाल इनभेष्टमेन्ट बैंकसँग १० महिना अगाडि मर्जरमा जाने प्रस्ताव अस्वीकृत भएको छ। योसँगै हिमालयन बैंकले अन्य वित्तीय संस्था खोज्ने छ। जसमा सिभिलसमेत हुनसक्ने चर्चा चलेको छ।

images
images

शुक्रबार सम्पन्न सिभिलको साधारणसभाले सेयरधनीलाई लाभांश दिने प्रस्तावसमेत पारित गरेको छ। सिभिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरेको छ। ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्तावसमेत साधारणसभाले पास गरेको छ। 


प्रकाशित : शुक्रबार, पुस ३० २०७८०९:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend