बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

जनकपुरधाममा अत्याधुनिक शौचालय निर्माण गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १८ २०८१
images
जनकपुरधाममा अत्याधुनिक शौचालय निर्माण गरिने

यसैगरी जनकपुरधाममै सांस्कृतिक पर्यटकीय पार्क निर्माणका लागि तिरहुतिया गाछीमा जग्गा यकिन गरेको छ।

images
images

धनुषा- मधेश प्रदेश सरकारले जनकपुरधाममा तीनवटा अत्याधुनिक शौचालय निर्माण गर्ने भएको छ। 

images
images
images

प्रदेश राजधानीसमेत रहेको यहाँ पर्यटकीय विकास तथा विस्तारका लागि सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत तीन करोड रुपैयाँको लागतमा शौचालय निर्माण गर्न लागिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहन साहले जानकारी दिए।

images
images

शौचालय निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा स्थानसमेत पहिचान गरिएको उनले बताए। 

images
images

आज उपाध्यक्ष साहसहित जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह, प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका निमित्त सचिव सुशील साहलगायत व्यक्ति सम्मिलित टोलीले जनकपुरधाम बसपार्क, राम मन्दिरको दक्षिणी भाग र कभर्डहल तथा मणिपालको बीचमा शौचालयका लागि जग्गा पहिचान गरिएको हो। 

यसैगरी उपाध्यक्ष साहसहितको टोलीले जनकपुरधाममै सांस्कृतिक पर्यटकीय पार्क निर्माणका लागि तिरहुतिया गाछीमा जग्गा यकिन गरेको छ। खुला जिमसहितको पार्क निर्माणका लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ विनियोजन गरेको जनाइएको छ। रासस


प्रकाशित : शुक्रबार, असोज १८ २०८११८:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend