काठमाडौं- स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्यमा समान्य वृद्धि भएको छ। लगातार ओरालो लाग्दै आएको सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबारका लागि प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।
यस्तै चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबारका लागि १ हजार ९ सय ८० रुपैयाँ निर्धारण भएको छ।