बिहीबार , वैशाख ४ गते २०८२    
बिहीबार , वैशाख ४ २०८२
images
images

धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित

images
शुक्रबार, असोज १८ २०८१
images
धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित

अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी तथा तीन उम्मेदवार सहभागी नभएपछि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति रोकिएको हो।

images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित भएको छ।

images
images
images

सर्टलिस्टमा परेका तीन उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्न शुक्रबार सिंहदरबार बोलाइएको थियो। तर शुक्रबार पनि यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन।

images
images

अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी तथा तीन उम्मेदवार सहभागी नभएपछि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति रोकिएको हो। अधिकारी अस्वस्थ्य भएकाले अर्को सूचना प्रकाशिन नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ।

images
images

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकहरुमध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता गर्ने कार्यक्रम थियो।

यसअघि संक्षिप्त सूचीमा परेका पाँच जनामा दुईजनाले मात्र अन्तर्वार्ता दिएपछि तत्कालीन समितिले छनौट प्रक्रिया रद्द गरेको थियो। तर अन्तर्वार्तामा सहभागी भएकाले रिट हालेपछि रद्द गर्ने निर्णय नै रद्द गर्न अन्तरिम आदेश दिएको थियो। 

अन्तरिम आदेश दिएको अदालतले अर्को पेशी माघमा तोकेपछि सरकारले फेरि पुरानै बिन्दुबाट नियुक्ति प्रक्रिया अघि बढाउन बहिष्कार गर्नेलाई फेरि अन्तर्वार्तामा बोलाएको थियो।


प्रकाशित : शुक्रबार, असोज १८ २०८१११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend