शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

हेटौँडा-चित्लाङ-चन्द्रागिरि-काठमाडौं र हेटौँडा-पालुङ-नौबिसे सडकमा गुड्न थाले गाडी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १८ २०८१
images
हेटौँडा-चित्लाङ-चन्द्रागिरि-काठमाडौं र हेटौँडा-पालुङ-नौबिसे सडकमा गुड्न थाले गाडी

हेटौँडा-काठमाडौं जोड्ने सडकअन्तर्गत हेटौँडा-भैँसे-रातोमाटे खण्डको गोल्पिङबेँसीमा ठुल्ठूला ढुङ्गासहित खसेको पहिरो पन्छाउन चारवटा मेसिन प्रयोग गरेर काम भइरहेको छ।

images
images

बागमती- त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा-चित्लाङ-चन्द्रागिरि-काठमाडौं खण्डमा आज शुक्रबार बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् ।

images
images
images

जल तथा मौसम विज्ञान विभाग द्वारा भारी वर्षा हुनसक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी सडकमा सबै सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो।
 
मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार सडकमा कुनै किसिमको अवरोध नरहेकाले आज बिहानदेखि यातायातका साधन पुनः सञ्चालन भएका हुन्। हेटौँडा-पालुङ-नौबिसे सडकखण्डमा हलुका सवारी सञ्चालन भएका छन्। 

images
images

बाढीपहिराका कारण अवरुद्ध सबै सडक सञ्चालन गर्न  सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्राविधिक टोलीले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए।

images
images

हेटौँडा-काठमाडौं जोड्ने सडकअन्तर्गत हेटौँडा-भैँसे-रातोमाटे खण्डको गोल्पिङबेँसीमा ठुल्ठूला ढुङ्गासहित खसेको पहिरो पन्छाउन चारवटा मेसिन प्रयोग गरेर काम भइरहेको छ। 

सडक विभाग र सुरक्षाकर्मीको टोलीले मकवानपुरको सोही सडक खण्डअन्तर्गत भिमफेदी गाउँपालिका-६ स्थित देउरालीबाट इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलासम्मको पहिरो पन्छाइसकेको र इन्द्रसरोवर गाउँपालिका-२ स्थित बाढीले बगाएको कुलेखानी पुलको निर्माण भइरहेको उनले जानकारी दिए।

दक्षिणकाली-फर्पिङ सडकअन्तर्गत महालक्ष्मी खोलादेखि पाकेलसम्म र पाकेलदेखि फर्पिङसम्मका केही भागमा खसेको पहिरो पन्छाउन दुईवटा मेसिन चलाइएको छ। रासस


प्रकाशित : शुक्रबार, असोज १८ २०८११०:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend