शनिबार, असोज ५ गते २०८१    
images
images

तालिबान सत्ता कब्जापछि अफगानिस्तानमा पहिलोपटक एटीएम सेवा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ३० २०७८
images
images
तालिबान सत्ता कब्जापछि अफगानिस्तानमा पहिलोपटक एटीएम सेवा

सन् २०२१ अगस्टमा तालिबानले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि एटीएम सेवाहरू बन्द भएका थिए।

images
images

काबुल- तालिबानले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि पहिलो पटक शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन हुन लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

images
images
images

अफगानिस्तानको केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी)ले बिहीबार विज्ञप्तिमार्फत देशका वाणिज्य बैंकहरूद्वारा एटीएम सेवाहरू पुनः सञ्चालन गरिने जनाएको खामा प्रेसले उल्लेख गरेको छ। सहकारीसँगको वार्तापछि यो निर्णय भएको जनाइएको छ।

सन् २०२१ अगस्टमा तालिबानले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि एटीएम सेवाहरू बन्द भएका थिए।

‘बैंकिङ प्रणाली र सेवाहरू सामान्य अवस्थामा फर्काउन दा अफगानिस्तान बैंक प्रयासरत छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ। एटीएमहरू पुन: सुचारु हुन थालेपछि मानिसहरूलाई थप सुविधा मिल्ने बैंकले विश्वास लिएको छ।

images

जनताको सुविधाका लागि वाणिज्य बैंकका एटीएम विशेष क्षेत्रमा उपलब्ध हुनेछन्। यद्यपि बैंकले निश्चित रकम झिक्न प्रतिबन्ध कायमै रहेकाले झिक्ने रकमको सीमा भने उल्लेख नगरिएको खामा प्रेसले जनाएको छ।

नयाँ नीतिअनुसार एक व्यक्तिले हप्तामा दुई सय अमेरिकी डलर (२० हजार अफगानी रकम) झिक्न सक्नेछन्। रासस/एएनआई


प्रकाशित : शुक्रबार, पुस ३० २०७८०८:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend