बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

गण्डकी सरकारले बाढीपहिरो प्रभावितका लागि ५० लाख सहयोग गर्ने, प्रदेशमा भएको क्षति मूल्यांकन गर्न समिति गठन

images
बिहीबार , असोज १७ २०८१
images
गण्डकी सरकारले बाढीपहिरो प्रभावितका लागि ५० लाख सहयोग गर्ने, प्रदेशमा भएको क्षति मूल्यांकन गर्न समिति गठन

समितिले प्रदेशभर विपद्ले पुर्‍याएको क्षतिको मूल्यांकन गरी काम सुरु गरेको १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन सरकार समक्ष पेस गर्नेछ।

images
images

काठमाडौं- गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितको सहायताका लागि ५० लाख रूपैयाँ सहयोग गर्ने भएको छ।

images
images
images

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए।

images
images

गतसाता परेको वर्षाले उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताको खोजी, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत बैठकले गरेको छ। 

images
images

‘विपद्का कारण काठमाडौं उपत्यकासहित देशभर ठूलो मानवीय र भौतिक क्षति भयो। यो विपत्तिको सामना हामी सबै मिलेर गर्नुपर्छ भन्ने ध्येयले प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको हो’, मुख्यमन्त्री पाण्डेले भने।

यसअघि जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावितहरूका लागि गण्डकी सरकारले एक करोड सहयोग गरेको थियो।

साथै प्रदेश सरकारले विपद्‌बाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत, पुन:निर्माणलगायतका कार्यमा संघ सरकारसँग आवश्यक समन्वय निरन्तर गर्ने जनाएको छ। 

यस्तै बैठकले गण्डकी प्रदेश भित्र विपद्का कारण भएको क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ।

पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाईको संयोजकत्वमा उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सीडीई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रवीण ढकाल सदस्य रहनेगरी समिति गठन गरिएको हो। 

समितिले प्रदेशभर विपद्ले पुर्‍याएको क्षतिको मूल्यांकन गरी काम सुरु गरेको १५ दिनभित्र सुझावसहितको प्रतिवेदन सरकार समक्ष पेस गर्नेछ। 


प्रकाशित : बिहीबार , असोज १७ २०८११७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend