बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

नेपाल-भारत मैत्री संघद्वारा बल्खुका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण

images
बिहीबार , असोज १७ २०८१
images
नेपाल-भारत मैत्री संघद्वारा बल्खुका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण

बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक संघको आग्रह बमोजिम नेपाल-भारत मैत्री संघले सो राहत सामग्री हस्तान्तरण गरेको संघका कार्यवाहक अध्यक्ष ई. शैलेन्द्र मोहन झाले जानकारी दिए।

images
images

काठमाडौं- नेपाल-भारत मैत्री संघले बल्खुका बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ।

images
images
images

बिहीबार एक कार्यक्रमको आयोजना गरी नेपाल-भारतमैत्री संघले बल्खुका बाढी पीढीहरूका नेपाल चिकित्सक संघमार्फत दश लाख रूपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ।

images
images

बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक संघको आग्रह बमोजिम नेपाल-भारत मैत्री संघले सो राहत सामग्री हस्तान्तरण गरेको संघका कार्यवाहक अध्यक्ष ई. शैलेन्द्र मोहन झाले जानकारी दिए।

images
images

उनका अनुसार राहत सामग्रीमा खाद्यान्न, औषधि, व्याइवेट, कम्बलहरू लगायत बहुउपयोगी सामग्रीहरू रहेको छन्। यो सबैको मूल्य १० लाख हुने कार्यवाहक अध्यक्ष झाको भनाइ छ।

उनले भने, 'बल्खु क्षेत्रमा धेरै क्षति पुगेको हुँदा चिकित्सक संघको सम्पूर्ण टिमले आग्रह गरेअनुरूप हामीले राहत सामग्रीहरू हस्तान्तरण गरेका छौँ। उहाँहरूले उचित व्यवस्थापन गर्नुहुन्छ भन्ने हामीलाई आशा लागेको छ। अझै गर्नुपर्ने सहयोग हामी गर्दै जान्छौँ। पीडितहरूको हातमा परोस्। अरूको हातमा नपरोस्।'

कार्यक्रममा बोल्दै चिकित्सक संघको अध्यक्ष डा. अनिल कार्कीले आफूहरूले बल्खु क्षेत्रमा गएर स्वास्थ्य सेवा सँगसँगै राहत वितरण गर्ने बताए। उनले बल्खुमा दुई दिनभित्रमा मेडिकल क्याम्पसहित आफूहरू जाने र राहत वितरण गर्ने बताए।


प्रकाशित : बिहीबार , असोज १७ २०८११७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend