बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

पेट्रोलियम पाइपलाइन निर्माणका लागि नेपाल र भारतबीच द्विपक्षीय सम्झौता

images
बिहीबार , असोज १७ २०८१
images
पेट्रोलियम पाइपलाइन निर्माणका लागि नेपाल र भारतबीच द्विपक्षीय सम्झौता

सम्झौताअनुसार भारतको सिलिगुडीबाट नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ।

images
images

काठमाडौं- नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। 

images
images
images

आज यहाँ आयोजित समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गरे।

images
images

सो अवसरमा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पंकज जैन तथा इण्डियन आयल कर्पोरेसनका अध्यक्ष भिसतिस कुमारको उपस्थिति रहेको नेपाल निगमले जनाएको छ।

images
images

सम्झौताअनुसार भारतको सिलिगुडीबाट नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ। साथै चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रिनफिल्ड टर्मिनल’ निर्माण हुनेछ। 

यस्तै, अमलेखगञ्जबाट चिवनको लोथरसम्म ६२ किमी लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि भारत सरकारको अनुदानमा निर्माण हुने जनाइएको छ। लोथरमा ९१ हजार नौ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमले निर्माण गर्नेछ।

ती आयोजनाको कुल लागत १५ अर्ब रूपैयाँ बराबर रहेको निगमले जनाएको छ। 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा ती आयोजना अगाडि बढाउने सहमति भएको थियो। रासस


प्रकाशित : बिहीबार , असोज १७ २०८११५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend