आइतबार, मंसिर ९ गते २०८१    
images
images

बिपी राजमार्गमा अझै पाँचसय गाडी अलपत्र, दसैँअघि सडक नखुल्ने

झ्याप्ले खोला दुर्घटनामा अनुसन्धान गरेर दोषीलाई कारबाही गर्छौँ : भौतिक पूर्वाधारमन्त्री

images
बिहीबार , असोज १७ २०८१
images
images
बिपी राजमार्गमा अझै पाँचसय गाडी अलपत्र, दसैँअघि सडक नखुल्ने

सडकको अवस्था नाजुक बनेकाले दसैँअघि खुल्न सक्ने नदेखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताएका छन्।

images
images

काठमाडौं- गएको साता परेको अविरल वर्षाका कारण बिपी राजमार्गको केही खण्ड पूर्णरुपमा ध्वस्त हुँदा यातायात पुन: सञ्चालनमा कठिनाइ देखिएको छ। 

images
images
images

बिपी राजमार्गमा अझै ५ सय गाडी अलपत्र अवस्थामा रहेको र सडकको अवस्था नाजुक बनेकाले दसैँअघि खुल्न सक्ने नदेखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताएका छन्।

images

मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकोप्टरबाट हवाई निरीक्षणमा गएको थियो। बिपी राजमार्गको चौकीडाँडा-कालढुंगा खण्डमा १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ।

images

यस्तै पृथ्वी राजमार्गको नागढुंगानजिक झ्याप्ले खोलामा भएको दुर्घटनामा अलर्ट जारी गर्दागर्दै पनि सवारीसाधन जान दिएर कमजोरी देखिएको मन्त्री दाहालले बताएका छन्। उनले अलर्ट जारी गर्दागर्दै प्रहरीले गाडी छाेड्दा झ्पाले खाेलमा अकल्पनीय दुर्घटना भएकाले त्यसमा दोषीलाई कारबाही हुने बताएका छन्।

'हामी यो विषयमा गम्भीर छौँ। गाडी नछाड्नुभन्दा छाड्नेलाई अनुसन्धान गरेर कारबाही गर्छौँ' मन्त्री दाहालले भने। 

'प्राकृतिक विपत्तिसँग हामीले जुध्न सक्दैनौँ हामीले समन्वय गरेर अघि बढ्ने हो। खाल्डाखुल्डिरहित सडक बनाउन भनेर हामीले काम सुरु गरिसकेका थियौँ तर प्रकृतिको कारण काम रोकिएको छ' बिहीबार पत्रकार सम्मेलनमा उनले भने, 'बिपी राजमार्गमा यति धेरै असर गर्छ भनेर हामीले सोचेकै थिएनौँ।'

गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गका ८ सय ५ स्थानमा पहिरो गइ सडक अवरुद्ध भएकोमा ७ सय ७४ स्थानको पहिरो हटाइ २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायता सुरु गरिसकिएको जनाइएको छ।


प्रकाशित : बिहीबार , असोज १७ २०८११५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend