बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

ठेउवाटारमा पाँच दिनदेखि विद्युत अवरुद्ध

images
बिहीबार , असोज १७ २०८१
images
ठेउवाटारमा पाँच दिनदेखि विद्युत अवरुद्ध

विद्युत् अवरुद्ध हुँदा ठेउवाटार, माथिल्लोटार, तल्लोटार र आसपासका क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित भएको सहिदलखन-४ का वडाध्यक्ष यामबहादुर थापाले बताए।

images
images

गोरखा- जिल्लाको सहिदलखन गाउँपालिका-४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युतको खम्बामा क्षति पुर्‍याएपछि पाँच दिनदेखि सो क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ। 

images
images
images

सहिदलखन गाउँपालिकाको ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका-४ धारापानी जोड्ने झोलुंगे पुल बाढीले बगाउँदा विद्युतका खम्बामा क्षति पुगेपछि सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मुग्लिन वितरण केन्द्रका प्रमुख शेषमणी अधिकारीले जानकारी दिए।

images
images

'झोलुंगे पुलसँगै विद्युतका चार वटा खम्बामा बाढीले क्षति पुर्‍याएको छ', उनले भने, 'खम्बामा टाँगिएका सबै तार त्रिशुली नदीले बगाएपछि नयाँ तार फेरेर अवरुद्ध विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ।' 

images
images

क्षति भएका खम्बा मर्मत गरिसकिएको बताउँदै अधिकारीले विद्युत् नियमित सञ्चालन हुने जानकारी दिए। 'पोल मर्मत गरी नयाँ तार नयाँ फेर्ने काम सकिएको छ', उनले भने, 'तत्काल विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ।'

विद्युत् अवरुद्ध हुँदा ठेउवाटार, माथिल्लोटार, तल्लोटार र आसपासका क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित भएको सहिदलखन-४ का वडाध्यक्ष यामबहादुर थापाले बताए। रासस


प्रकाशित : बिहीबार , असोज १७ २०८११४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend