बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

बाढी पहिरोको विपद्‍मा परेका १७ हजार १ सय २० जनाको उद्धार, २२ जना अझै बेपत्ता

images
बिहीबार , असोज १७ २०८१
images
बाढी पहिरोको विपद्‍मा परेका १७ हजार १ सय २० जनाको उद्धार, २२ जना अझै बेपत्ता

अवरुद्ध सडक पुनः सञ्चालन गर्न पहल हुनुका साथै पहिरोको जोखिम रहेका राजमार्गमा सुरक्षा व्यवस्था समेत मजबुद पारिएको गृहले जनाएको छ।

images
images

काठमाडौं- मुलुकभरबाट बाढी, पहिरो र डुबानलगायत प्राकृतिक विपद्‍मा परेका १७ हजार १ सय २० जनाको सकुशल उद्दार गरिएको छ।

images
images
images

विपद्‍मा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम्सेवकहरुबाट गरी बिहीबार बिहानसम्म १७ हजारभन्दा बढीको उद्दार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए।

images
images

उनले विपद्मा परी बेपत्ता परेका २२ जनाको खोजीकार्य जारी रहेको जानकारी दिँदै विपद्का घटनामा परी मुलुकभर घाइते भएका १ सय ६९ जनाको विभिन्न अस्पतालहरुमा निःशुल्क उपचारको प्रबन्ध गरिएको बताए।

images
images

'घाइते मध्ये धेरैको स्वास्थ्य अवस्था ठिक भएर घर फर्किसक्नु पनि भएको छ' प्रवक्ता तिवारीले भने 'विपद्का बेला अतिप्रभावित क्षेत्रमा सुरक्षाकर्मीद्धारा घटनास्थलमै स्वास्थ्य शिविर र तत्कालको राहत समेत वितरण गरिएको थियो।'

गृह मन्त्रालयका अनुसार हालसम्म काठमाण्डौं उपत्याबाट २ हजार १५८ जना, कोशी प्रदेशबाट ९० जना, मधेश प्रदेशबाट ३५ जना, सबैभन्दा बढी बाग्मती प्रदेशबाट १३ हजार ६४० जनाको उद्दार गरिएको छ।

'प्रभावित जिल्लाबाट नेपाली सेनाको हेलिकप्टरबाट पनि बिरामी, घाइते, बालबालिका, जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेर यो अवधीमा उद्दारकार्य गरियो' तिवारीले भने 'खोज तथा उद्दारको काम अन्तिम चरणमा पुग्नुका साथै बेपत्ताको खोजी तीव्र रुपमा भइरहेको छ।'

त्यसैगरी गृह मन्त्रालय रमेश लेखकले खोज, उद्दार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाल निकाय एवं मन्त्रालयसित समन्वय गरिरहेका छन्। उनले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई उद्दार, राहत वितरण र घाइतेहरुको स्वास्थ्य उपचारमा विषेश ध्यान दिन निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकले राजमार्ग सञ्चालन गर्न सहजीकरण, यात्रुहरुको सहज र सुरक्षित यात्रा गर्ने लगायतका विषयमा यातायात व्यवसायीहरुसित पनि छलफल गरेका थिए।

त्यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपद्मा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता बाफत राहत रकम उपलब्ध गराउनुका साथै घर भत्किाएका परिवारलाई राहत रकम वितरण सुरु गरिएको छ भने प्रभावित जिल्लामा विभिन्न दातृ निकाय र दाताहरुबाट पनि राहत सामाग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध भइरहेको छ।

अवरुद्ध सडक पुनः सञ्चालन गर्न पहल हुनुका साथै पहिरोको जोखिम रहेका राजमार्गमा सुरक्षा व्यवस्था समेत मजबुद पारिएको गृहले जनाएको छ।

सहसचिवको नेतृत्वमा कार्यदल गठन गरी गृह मन्त्रालयले प्रभावित आठ जिल्लामा आवश्यक, समन्वय सहकार्य र विपद्मा परेका नागरिकहरुको सहजीकरणका लागि कार्यदल खटाएको छ।

कार्यदललाई प्रभावितहरुको तत्काल उद्दार तथा राहत कार्यमा समन्वय र सहजीकरण, मानवीय र भौतिक क्षेत्रको संक्षिप्त विवरण तयारी गरी तत्काल गर्नुपर्ने कार्यका सम्वन्धमा सुझाव दिने लगायतका कार्यदेश दिइएको छ।


प्रकाशित : बिहीबार , असोज १७ २०८११३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend