आइतबार, मंसिर ९ गते २०८१    
images
images

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता

images
बिहीबार , असोज १७ २०८१
images
images
नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता

बैठकमा अध्यक्ष चन्द्र ढकालले नेपालमा वाह्य क्षेत्र स्थायित्व रहेको र कानूनहरुमा गरिएको सुधारले लगानीको अवसर जुट्दै गएको बताए।

images
images

काठमाडौं- श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन्। नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्थासम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटनलगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रूचि देखिएको छ।

images
images
images

'यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन्,’ कतार चेम्बर अफ कमर्सका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भने, 'हामी थप लगानीकर्ताहरुलाई पनि प्रोत्साहित गर्नेछौँ।’

images

नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरीय बैठकमा अध्यक्ष थानी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवं प्रतिनिधिमण्डलबीच बुधबार कतारको राजधानी दोहामा सम्पन्न बैठकमा आर्थिक सम्बन्ध विस्तारका विषयमा छलफल भएको हो। 

images

कतारका अमीर सेख तमीम बिन हमाद अल थानीको गत अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो। 

काउन्सिलको यस पहिलो अध्यक्षस्तरिय बैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आ-आफ्नो नेतृत्वमा सदस्य नियुक्त गरी काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ।

त्यसलगत्तै नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राखे। आगामी वर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि बैठकमा भएको छ।

बैठकमा अध्यक्ष ढकालले नेपालमा वाह्य क्षेत्र स्थायित्व रहेको र कानूनहरुमा गरिएको सुधारले लगानीको अवसर जुट्दै गएको बताए। साथै उनले कतारका लगानीकर्ताहरुलाई नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, सीप विकासलगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेकाले लगानीका लागि आह्वान गरे।

यसैगरी कतार सरकारले आयोजना गरेको एसियन कोअपरेसन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले समेत सहभागिता जनाएका थिए। 


प्रकाशित : बिहीबार , असोज १७ २०८११२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend