बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

बाढीपहिरोबाट तनहुँमा एक करोडभन्दा बढीको क्षति

images
बिहीबार , असोज १७ २०८१
images
बाढीपहिरोबाट तनहुँमा एक करोडभन्दा बढीको क्षति

ऋषिङ गाउँपालिकास्थित पहिरोले कोदोमा क्षति हुँदा ६० हजार र सुन्तलाबोट ढल्दा ९६ हजार रूपैयाँ बराबरको क्षति भएको छ।

images
images

तनहुँ- हालैको बाढीपहिरोबाट तनहुँको कृषि क्षेत्रमा एक करोड रूपैयाँभन्दा बढीको क्षति भएको छ।

images
images
images

कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिरोबाट देवघाट, आँबुखैरेनी, बन्दीपुर र ऋषिङ गाउँपालिकामा मकै, बोडी, मास, कोदो, काउली, धानबालीमा एक करोड ८ लाख ८ हजार ३ सय ७० रूपैयाँ बराबरको क्षति भएको छ।

images
images

वर्षा र बाढीपहिरोले जिल्लाका ६७ हेक्टर क्षेत्रफलमा लगाइएका कृषिबालीमा क्षति भएको छ। देवघाटमा मकै, बोडी, मास, आँबुखैरेनीमा हिउँदे मकै, धान, कोदो, बन्दीपुरमा धानबालीमा  हानी भएको छ।

images
images

देवघाट गाउँपालिका-२, ३ र ५ मा बाढीबाट मकै, बोडी, मास, कोदो, काउली नष्ट हुँदा ५० हजार रूपैयाँ बराबरको क्षति भएको छ। पहिरोबाट बोडीका बीउमा क्षति हुँदा एक लाख रूपैयाँ बराबरको क्षति भएको छ। बाढीले धानखेतमा क्षति हुँदा दुई लाख ४० हजार रूपैयाँ बराबरको क्षति भएको केन्द्रले जनाएको छ।

आँबुखैरेनी गाउँपालिकाका विभिन्न वडामा वर्षाका कारण हिँउदे मकै, धान, कोदो तथा दलहन बाली, तरकारी क्षति हुँदा ८६ लाख ७० हजार ५ सय ७० रूपैयाँबराबरको क्षति भएको छ।

बन्दीपुर गाउँपालिकाका विभिन्न वडामा बाढीपहिरोले धानमा क्षति हुँदा १५ लाख ९१ हजार ८ सय रूपैयाँ बराबरको क्षति भएको छ।

ऋषिङ गाउँपालिकास्थित पहिरोले कोदोमा क्षति हुँदा ६० हजार र सुन्तलाका बोट ढल्दा ९६ हजार रूपैयाँ बराबरको क्षति भएको छ। रासस 


प्रकाशित : बिहीबार , असोज १७ २०८१११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend