बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

वर्षाले झापामा पाँच करोड २१ लाख बढीको क्षति

images
बिहीबार , असोज १७ २०८१
images
वर्षाले झापामा पाँच करोड २१ लाख बढीको क्षति
फाइल तस्बिर

'हालसम्म पाँचवटा पालिकाको क्षति विवरण प्राप्त भएको छ। विवरण संकलन जारी छ', केन्द्रका प्रमुख सागर विष्टले भने।

images
images

बनियानी- अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा पाँच करोड २१ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ।

images
images
images

वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा पाँच करोड २१ लाख ५१ हजार ९ सय रूपैयाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

images
images

झापा गाउँपालिका ४० दशमलव पाँच हेक्टरमा लगाएको धानबाली नष्ट हुँदा ४८ लाख, गौरीगञ्ज गाउँपालिका एकसय हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा एक करोड ७७ लाख ९२ हजार तीनसय, भद्रपुरमा धानबाली र सागसब्जीमा क्षति पुग्दा १९ लाख २६ हजार, गौरादहमा धानबाली र बाली गरेर एक करोड ६० हजार र मेचीनगर नगरपालिकामा धान र सागसब्जीमा गरी एक करोड ७५ लाख ७३ हजार ६ सय रूपैयाँ बराबरको क्षति भएको छ।

images
images

'हालसम्म पाँचवटा पालिकाको क्षति विवरण प्राप्त भएको छ। विवरण संकलन जारी छ', केन्द्रका प्रमुख सागर विष्टले भने। रासस


प्रकाशित : बिहीबार , असोज १७ २०८११०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend