बिहीबार , मंसिर २७ गते २०८१    
images
images

भौतिक पूर्वाधार मन्त्रालयको टोलीले गर्‍यो बिपी राजमार्गमा क्षतिग्रस्त सडकको हवाई निरीक्षण

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज १७ २०८१
images
images
भौतिक पूर्वाधार मन्त्रालयको टोलीले गर्‍यो बिपी राजमार्गमा क्षतिग्रस्त सडकको हवाई निरीक्षण

बाढीले राजमार्गमा ठूलो नोक्सानी पुर्‍याएको र अब मर्मत र पुन:निर्माणलाई गति दिन थप श्रोत, प्राविधिक तथा जनशक्ति परिचालन गर्ने निरीक्षण पछि फर्किएको टोलीले जनाएको छ।

images
images

काठमाडौं- बाढी तथा कटानले क्षतिग्रस्त बनेको बिपी राजमार्गको मुख्य-मुख्य भागको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोलीले निरीक्षण गरेको छ।

images
images
images

केही दिनअघिको बाढीले क्षतिग्रस्त उक्त राजमार्गको बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुले निरीक्षण गरेका छन्।

images

मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपाने तथा नेपाली सेनाको विकाश निर्माण निर्देशनालयका धर्मेन्द्रकुमार झा सहितको टोलीले खुर्कोट पुलसम्म हवाई निरीक्षण गरेको हो।

images

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा रक्षामन्त्री मानवीर राई विच सडक मर्मत र पुननिर्माणलाई गति दिन दुवै मन्त्रालय बीच सहकार्य गर्ने विषयमा छलफल भएपछि सचिव तथा प्राविधिकहरुको टोलीले क्षति ग्रस्त क्षेत्रको निरीक्षण गरेको हो।

बाढीले राजमार्गमा ठूलो नोक्सानी पुर्‍याएको र अब मर्मत र पुन:निर्माणलाई गति दिन थप श्रोत, प्राविधिक तथा जनशक्ति परिचालन गर्ने निरीक्षण पछि फर्किएको टोलीले जनाएको छ। 

सचिव तथा प्राविधिकहरुको अवलोकन पछि बाढी र पहिरोले गरेको क्षति, सडक खुलाउन हाल सम्म भएका प्रयास र आगामी योजना लगायतका बारेमा जानकारी मन्त्रालयले आज अपह्रान्ह पत्रकार सम्मेलन गर्दैछ। 


प्रकाशित : बिहीबार , असोज १७ २०८११०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend