काठमाडौं- नबिल बैंकमा विलय हुने सम्झौता गरेको नेपाल बंगलादेश (एनबी) बैंकले सेयर रोक्का गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराएको छ।
बैंकले शुक्रबार नेप्सेलाई पत्र लेख्दै बिहीबार नबिल बैंक र एनबी बैंकबीच प्राप्तीको प्रारम्भिक सम्झौता भएकोले सेयर कारोबार रोक्का राख्ने व्यहोराको पत्र पठाएको हो। बिहीबार नबिल बैंकले एनबी बैंकलाई १००ः४३ को स्वाप रेसियो प्राप्ती गर्ने सम्झौता गरेको थियो।