आइतबार, वैशाख १४ गते २०८२    
आइतबार, वैशाख १४ २०८२
images
images

गृहमन्त्री लेखक र यातायात व्यवसायीबीच सहज र सुरक्षित यात्राबारे छलफल

images
बुधबार, असोज १६ २०८१
images
गृहमन्त्री लेखक र यातायात व्यवसायीबीच सहज र सुरक्षित यात्राबारे छलफल

गृहमन्त्रीले विपद्का कारण अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मीसमेत सक्रिय रहेको बताए।

images
images

काठमाडौं- गृहमन्त्री रमेश लेखक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात मजदुर संगठनबीच बाढीपहिरो तथा डुबानलगायतका प्राकृतिक विपद्‌बाट अवरुद्ध राजमार्ग तथा सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउने छलफल भएको छ।

images
images
images

बुधबार गृह मन्त्रालयमा भएको छलफलमा यातायातको सहज र सुरक्षित सञ्चालनका बारेमा यातायात व्यवसायी, यातायात मजदुर संघ/संगठनका पदाधिकारीहरुबीच विपद्‌मा अवरुद्ध सडक सञ्चालन गरी चाडबाडका बेला सुरक्षित यात्राका विषयमा सकारात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।

images
images

'विपद्को स्थितिमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै छ', वरिष्ठ उपाध्यक्ष सिटौला भने, 'बीपी राजमार्गअन्तर्गत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ।'

images
images

गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरहरुलाई तत्काल राहत उपलब्ध गराउन मातहतलाई निर्देशन दिएको सिटौलाले बताए। 'अवरुद्ध यातायात सञ्चालदेखि मजदुरलाई राहत र चाडपर्वका बेला सुरक्षित यात्रालगायतका विषयमा छलफल भयो', उनले भने, 'हामीले सवारी चेकजाँचलगायतका विषयमा पनि मन्त्रीज्यूसित आफ्नो कुरा राखेका छौँ।'

मन्त्री लेखकले विपद्का कारण अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मीसमेत सक्रिय रहेको बताए।

'पृथ्वी राजमार्गको झ्याप्ले खोलालगायत पहिरोको जोखिम रहेका क्षेत्रमा ट्राफिक र प्रहरी परिचालन गरिएको छ', उनले भने, 'चाडबाडका बेला आएको विपद्को सामना गर्दै सहज र सुरक्षित यात्राका लागि गम्भीर भएर लागेका छौँ।'


प्रकाशित : बुधबार, असोज १६ २०८११७:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend