बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

जनकपुरधाममा पर्वका लागि सहुलियत मूल्यमा चामल बिक्री सुरु

images
बुधबार, असोज १६ २०८१
images
जनकपुरधाममा पर्वका लागि सहुलियत मूल्यमा चामल बिक्री सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले सहुलियत मूल्यमा चामल बिक्री सुरु गरेको हो।

images
images

जनकपुरधाम- नजिकिँदो पर्वलाई लक्षित गरी सरकारीस्तरबाट सहुलियत तथा छुट मूल्यमा जनकपुरधाममा चामल बिक्री सुरु भएको छ।

images
images
images

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले सहुलियत मूल्यमा चामल बिक्री सुरु गरेको हो। सो कार्यालयका कार्यालय प्रमुख गंगाप्रसाद साहका अनुसार अरुवा सोना मन्सुली तथा बासमती चामल सहुलियत तथा छुट मूल्यमा बिक्री सुरु भएको छ।

images
images

अरुवा सोना मन्सुली प्रतिकेजी ६० रूपैयाँ तथा बासमती चामल प्रतिकेजी १ सय १८ रूपैयाँका दरले मूल्य निर्धारण गरिएको छ। उक्त मूल्य बजार मूल्यभन्दा प्रतिकिलो पाँच रूपैयाँले सस्तो हो।

images
images

मुजेलियास्थित खाद्यको कार्यालय हाताभित्र आजदेखि सुरु भएको सहुलियत दरको चामल बिक्री माघ २ गतेसम्म रहने प्रमुख साहले जानकारी दिए। सो सहुलियत तथा छुट मूल्यका लागि २ सय क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ। रासस


प्रकाशित : बुधबार, असोज १६ २०८११७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend