मंगलबार, कात्तिक २७ गते २०८१    
images
images

अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज

images
बुधबार, असोज १६ २०८१
images
images
अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज

बीएलटी कन्ट्रक्सन प्रालि कोहलपुर बाँकेले ७९ लाख रूपैयाँमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो।

images
images

स्याङ्जा- वालिङ नगरपालिका-१४ र भीरकोट नगरपालिका-९ स्थित अँधेरी खोलामा झोलुंगे पुल बनेपछि स्थानीयलाई सहज भएको छ। बीएलटी कन्ट्रक्सन प्रालि कोहलपुर बाँकेले ७९ लाख रूपैयाँमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो। 

images
images
images

पुल निर्माण समितिका अध्यक्ष टेकबहादुर दर्लामीका अनुसार एक सय ५२ मिटर लामो उक्त पुल खोलाबाट दुई हजार ८० मिटर उचाइमा निर्माण भएको छ। विसं २०८० असोज ५ गते उद्घाटन भएको पुल सर्वसाधारणका लागि खुल्ला गरिएसँगै दुई घण्टाको बाटो आधा घण्टामा छोटिएको उनले बताए।

images

यहाँ पुल नहुँदा स्थानीय दुई घण्टाको लामो वैकल्पिक बाटो हिँड्न बाध्य थिए। पुल बनेपछि भने लामो बाटो आधा घण्टामा छोटिएको अध्यक्ष दर्लामीले जानकारी दिए। 'पुल बनेपनि विद्यार्थी, बटुवा तथा दैनिक आवतजावत गर्नेलाई सहज भएको छ। किसानलाई उत्पादित सामान ओसारपसार गर्न र बजारसम्म लैजान सहज भएको हो', उनले भने।

images

यहाँ पुल बनेपछि वालिङ नगरपालिका र भीरकोट नगरपालिका एक दर्जनबढी बस्तीका नागरिक लाभान्वित भएका छन्। सिम्ले, ठाना, करादी, काभ्रे, साउन्दी, चराङ, हिले, पाखुरे, जिमिरे, ठूली भञ्ज्याङ, जुनेली डाँडा, सिर्वानी, कपासे, हुग्दी, डुम्रेभन्ज्याङलगायत गाउँका पाँच सय बढी परिवारलाई प्रत्यक्ष लाभ पुगेको अध्यक्ष दर्लामीले बताए।

स्थानीय समाजसेवी प्रकाश न्यौपानेले पुलको वारिपारि ठाडो भीर हुनुका साथै खरबारीको बाटो चिप्लो र अप्ठ्यारो भएकाले सजिलो बाटो निर्माण गर्नुपर्ने बताए। स्थानीयको निरन्तर प्रयासपछि एकसय ५२ मिटर लामो पुल बनेको भन्दै विस्तारै सडक विस्तार र स्तरोन्नतिमा स्थानीय निकायले योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए। रासस


प्रकाशित : बुधबार, असोज १६ २०८११७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend