बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

बाढीपहिरो र डुबानबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति

images
बुधबार, असोज १६ २०८१
images
बाढीपहिरो र डुबानबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति

टेलिफोन सेवा प्रदायक दुई कम्पनी एनटीसी र एनसेलको मात्र करिब २२ करोड बराबरको क्षतिको अनुमान गरिएको छ।

images
images

काठमाडौं- केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ।

images
images
images

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्णरुपमा आइसकेको छैन भने टेलिफोन सेवा प्रदायक दुई कम्पनी एनटीसी र एनसेलको मात्र करिब २२ करोड बराबरको क्षतिको अनुमान गरिएको छ।

images
images

'एनटीसीको करिब १५ करोड रूपैयाँ र एनसेलको करिब सात करोड रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ। त्यस्तै, हालसम्म १५ इन्टरनेट सेवा प्रदायकहरुबाट विवरण संकलन भइसकेकामा यस्ता कम्पनीहरुको करिब साढे सात करोड बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक छ', प्राधिकरणका सहायक प्रवक्ता डा प्रदीप पौड्यालले भने।

images
images

इन्टरनेट सेवा प्रदायकहरुबाट थप क्षतिको विवरण संकलन भइरहेको पनि उनले जानकारी दिए।

बाढीपहिरो, डुबान, चट्ङ्याङलगायत समस्याबाट विद्युत् आपूर्ति अवरोध भएका कारण मुलुकको धेरै स्थानमा टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध भएको थियो। विद्युत् आपूर्ति सहज भएसँगै क्रमशः दूरसञ्चार सेवा पनि पुनः सञ्चालनमा आएको डा पौड्यालको भनाइ छ।

पोल ढल्ने, तार चुँडिनेलगायत समस्या देखिएका ठाउँमा द्रुत टोली खटाएर सेवा सुरु गर्न कम्पनीहरुलाई निर्देशन दिइसकेको पनि उनले जानकारी दिए। टेलिफोन र इन्टरनेट अत्यावश्यक वस्तु भएकाले यस्तो सेवा अवरोध नहोस् भन्नका लागि प्राधिकरण चनाखो रहेको पनि उनले बताए। रासस


प्रकाशित : बुधबार, असोज १६ २०८११६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend