सोमबार, चैत ११ गते २०८१    
सोमबार, चैत ११ २०८१
images
images

बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन

images
बुधबार, असोज १६ २०८१
images
images
बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन

कार्यदललाई यही असोज २१ गतेसम्म गृहमन्त्रालयमा प्रतिवेदन पेस गर्न समयावधि दिइएको छ।

images
images

काठमाडौं- गृह मन्त्रालयले वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्धार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजक आज बिहानदेखि कार्यक्षेत्रमा खटिएका छन्।

images
images

गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठ जना सहसचिव आज खटिएको जानकारी दिए। बाढीपहिरो प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्लामा खटाइएको हो।

images
images

गृह मन्त्रालयका अनुसार गोविन्दप्रसाद रिजाल (काठमाडौं), प्रकाश पौडेल (ललितपुर), नारायणप्रसाद अर्याल (भक्तपुर), वासुदेव घिमिरे (काभ्रेपालञ्चोक), लालबाबु कवारी (सिन्धुली), रामबन्धु सुवेदी (मकवानपुर), श्याम कृष्ण थापा (सिन्धुपाल्चोक) र रमेश ढकाल (धादिङ)मा  खटाइएको छ।

images
images

कार्यदललाई वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट प्रभावितको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, अति भारी वर्षका कारण आएको बाढीपहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा सुझाव दिने, क्षतिग्रस्त सडकको शीघ्र मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन सडक निर्माण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने र विपद् पीडित नागरिकको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यदेश दिइएको जनाइएको छ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजन इञ्जिनीयर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन्। कार्यदललाई यही असोज २१ गतेसम्म गृहमन्त्रालयमा प्रतिवेदन पेस गर्न समयावधि दिइएको छ।

साथै कार्यदलले दैनिक रुपमा पनि प्रभावित ठाउँबाट जिल्लाको विपद्को वस्तुस्थितिका बारेमा केन्द्रमा जानकारी समेत गराउने छ। त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि दशजना शाखा अधिकृत प्रभावित जिल्लामा खटाएको छ। प्राधिकरणका सहसचिव वसन्त अधिकारीले ‘एक्सन टिम’ तयार गरी आज नै प्रभावित पालिकामा खटाइएको जानकारी दिए।

'हामीले दश जनालाई बाढीपहिरो र डुबान प्रभावित जिल्लामा खटाएका छौँ', उनले भने, 'उहाँहरुले प्रभावित पालिकासित समन्वय र सम्पर्क गरेर नगद र वस्तु राहत वितरणमा सहजीकरण र फिल्डको अवस्थाका बारेमा केन्द्रमा जानकारी गराउने लगायतका काम गर्नेछ।' रासस


प्रकाशित : बुधबार, असोज १६ २०८११६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend