शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

वैदेशिक रोजगारमा पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने तीनजना पक्राउ

images
बुधबार, असोज १६ २०८१
images
वैदेशिक रोजगारमा पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने तीनजना पक्राउ

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, दुबईलगायत देशमा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

images
images
images

पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका-९ गच्छे टोल घर भई काठमाडौंको टोखा नगरपालिका-७ बस्ने ३४ वर्षीय सुदनराज अमात्य, नुवाकोट तादी गाउँपालिका-३ घर भइ काठमाडौं टोखा नगरपालिका-९ नयाँ बसपार्क बस्ने २८ वर्षीया अन्जना चौलागाईं र गुल्मी मालिका गाउँपालिका-६ घर भइ ललितपुर महानगरपालिका-२ गोदावरी बस्ने ३५ वर्षीया विन्दु केसी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

images
images

उनले भने, 'पक्राउमध्ये सुदनले एकजना पीडितबाट पाँच लाख, अन्जनाले एकजना पीडितबाट दुई लाख ९० हजार र विन्दुले एकजना पीडितबाट एक लाख पाँच हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो।'

images
images

सुदनलाई पुतली सडकबाट, अन्जनालाई नयाँ बसपार्कबाट र विन्दुलाई ललितपुरको गोदावरीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए। रासस


प्रकाशित : बुधबार, असोज १६ २०८११६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend