बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

सुक्खा पहिरोले आठवटा कन्टेनर डिब्बामा क्षति

images
बुधबार, असोज १६ २०८१
images
सुक्खा पहिरोले आठवटा कन्टेनर डिब्बामा क्षति

सडक अवरूद्ध हुँदा सामान आयात हुन नसकेपछि लक्षित राजस्व असुलीमासमेत कमी आउने देखिएको प्रमुख प्रमुख भन्सार अधिकृतले बताए।

images
images

रसुवा- जिल्लाको टिमुरेभन्दा दक्षिण तातोपानी नजिक रोकिएर राखिएका आठवटा कन्टेनर डिब्बामा सुख्खा पहिरोले क्षति भएको छ। केरूङतर्फ सामान लिन जान पालो कुरेर रोकी राखिएका ती कन्टेनर डिब्बामा मंगलबार राति आएको सुख्खा पहिरोले क्षति पुर्‍याएको हो।

images
images
images

भारी वर्षाले अवरूद्ध स्याफ्रुबेँसी-रसुवागढी खण्डको सडक मंगलबार खुलेसँगै केरूङमा सामान लिन गएका ती कन्टेनर डिब्बा केरूङतर्फको भूभागमा सडक बन्द भएको जानकारी पाएपछि पार्किङ अभावका कारण सडक छेउमा राखिएको थियो।

images
images

चिनियाँ भू-भागको केरूङ रसुवागढीबीच भागका पहिरोले सडक पूर्ण क्षति भएपछि उक्त खण्ड पुनः सञ्चालनका लागि करिब ४०-४५ दिन लाग्ने रसुवाका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाललाई केरूङ प्रशासनले जानकारी गराइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए।

images
images

रोकेर राखिएका कन्टेनरका डिब्बामा क्षति भएपछि पार्किङ गरेर राखिएका अन्य कन्टेनर आ-आफ्ना घरतर्फ फर्काउन सबै सवारी धनीलाई अनुरोध गरिएको जिल्ला प्रहरी प्रमुख भट्टराईले जानकारी दिए। यसअघि पहिरोले अवरुद्ध भएको सडक मंगलबार सञ्चालन भएपछि केरूङ जानका लागि ४० वटा कन्टेनर टिमुरे क्षेत्रमा प्रवेश गरेका प्रहरीले जनाएको छ।

स्याफ्रुबेँसी, टिमुरेको तातोपानी, टिमुरे घट्टेखोला क्षेत्रको भूभाग कमजोर भएकाले पहिरोको जोखिम उच्च रहेको भन्दै सामान बोकी आएका मालवाहक कन्टेनर भन्सार हातामा मात्र राख्न रसुवा जाने सबै चालकलाई अनुरोध गरिएको प्रहरी प्रमुख भट्टराईले बताए। सुरक्षित पार्किङको अभाव भएका टिमुरे, रसुवागढी क्षेत्रमा केरूङतर्फको सडक नखुलेसम्म स्याफ्रुबेँसीबाट सवारीसाधन कहिन नलैजान अनुरोध गरिएको उनले उल्लेख गरे।

यसैबीच, केरूङबाट दसैँका लागि आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुसहित कपडा बोकेर आएका दुईसय कन्टेनर भन्सार हातामा रहेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए। ती कन्टेनरका सामग्री यथाशीघ्र काठमाडौं पठाउने तयारी भएको जनाउँदै विद्युत् अभावले जाँचपास गर्न समस्या भइरहेको उनले बताए।

साथै एकसय ५० बढी विद्युतीय सवारीसाधन समेत टिमुरे क्षेत्रमा रहेका भन्सार कार्यालयले जनाएको छ।

यही असोज १० गतेसम्म आयात सामग्रीको शुल्कबाट एक अर्ब रूपैयाँ राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत भट्टराईले जानकारी दिए। चिनियाँ भागमा पहिरो गएकाले सडक सञ्चालन गर्न समय लाग्ने चिनियाँ समकक्षीले भन्सार कार्यालयलाई जानकारी गराइसकेका उनले उल्लेख गरे।

सडक अवरूद्ध हुँदा सामान आयात हुन नसकेपछि लक्षित राजस्व असुलीमासमेत कमी आउने देखिएको प्रमुख भट्टराईले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, असोज १६ २०८११५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend