बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

दुई दिनमा १५९ अंकले बढेपछि पुन: २६ अंकले घट्यो सेयर बजार, ६ अर्ब ७७ करोडको कारोबार

बुधबार, असोज १६ २०८१
दुई दिनमा १५९ अंकले बढेपछि पुन: २६ अंकले घट्यो सेयर बजार, ६ अर्ब ७७ करोडको कारोबार

काठमाडौं- लगातार दुई दिनमा १५९.१५ अंकले बढेको सेयर बजार पुन: घटेको छ। लगातार वृद्धिमा लागेर कीर्तिमानी बिन्दु पार हुने अपेक्षाबीच धरमर हुँदै ओरालोतिर देखिएको बजारमा दुई दिन हरियाली देखिएको थियो। तर बुधबारको बजार पुन: घटेको छ।

बुधबार २६.०७ अंकले घटेर बजार २५९७.४९ बिन्दुमा झरेको छ। ५४ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ६ अर्ब ७७ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ। १८७ कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता उतारचढावपूर्ण अवस्थामा समग्रमा ९० अंकले ओरालोतिर लागेको बजारमा यो साता भने हरियाली नै देखिएको छ। यो साता पहिलो कारोबारमा आइतबार २२.३६ अंकले घटेको सेयर बजार सोमबार ४४.४५ अंकले उकालोतिर लागेको थियो। मंगलबार ११४.७० अंकले बढेर बजार २६२३.५६ बिन्दुमा पुगेको थियो। 

भदौ महिनाभर कमजोर देखिँदै ४२०.०५ अंकले घटेको सेयर बजार असोज महिनामा वृद्धितर्फ नै लाग्ने लगानीकर्ताको अपेक्षा रहेको छ।कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा 'बाउन्स ब्याक' हुने अपेक्षा राखेका लगानीकर्ताहरू सोमबार र मंगलबारको वृद्धिले केही उत्साहित भएका थिए।  

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोजमा उचाइतर्फ फर्कने आँकलन भइरहँदा बजार धिमा गतिमा नै देखिएको छ। असोज चाडबाडको महिना भएकाले पनि बजारको गति आँकलन गर्न सहज छैन। 

पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। सबै सूचकहरूले साथ दिएको बताइए पनि बजार निरन्तर उचाइतर्फ भने बढ्न सकेको छैन। 


प्रकाशित : बुधबार, असोज १६ २०८११५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend