बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

पाथीभराको नाममा सहयोग संकलन रोक्न प्रशासनलाई आग्रह

images
बुधबार, असोज १६ २०८१
images
पाथीभराको नाममा सहयोग संकलन रोक्न प्रशासनलाई आग्रह
फाइल तस्बिर

पत्रमा मोरङ जिल्लामै पाथीभरा मन्दिर निर्माण गर्ने भनी अवैधरूपमा सहयोग संकलन भइरहेको जानकारी प्राप्त भएको उल्लेख छ।

images
images

ताप्लेजुङ- पाथीभरा क्षेत्र विकास समितिले पाथीभराको नाममा भइरहेको आर्थिक सहयोग संकलनको निगरानी र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध गरेको छ।

images
images
images

क्षेत्र विकास समितिले मंगलबार पत्र पठाइ सहयोग संकलनबारे निगरानी गर्न अनुरोध गरेको हो। 

images
images

समितिका अध्यक्ष रक्की थेबेले जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र पठाइ पाथीभराको नाममा आर्थिक सहयोग संकलनको गलत अभ्यास भइरहेको जानकारी गराएको छ। पत्रमा मोरङ जिल्लामै पाथीभरा मन्दिर निर्माण गर्ने भनी अवैधरूपमा सहयोग संकलन भइरहेको जानकारी प्राप्त भएको उल्लेख छ।

images
images

यस किसिमको कार्यले जनमानसमा भ्रम फैलाउनुका साथै आर्थिक अनियमितताको खतरासमेत रहेको समितिको भनाइ छ।

समितिले पाथीभराको नाममा भइरहेका यस्ता गतिविधि तुरुन्त रोक्न जिल्ला प्रशासन मोरङलाई आग्रह गरेको हो। स्थानीय तह र सम्बन्धित निकायको सहकार्यमा यस्ता कार्यको छानबिन गरी रोकथाम गर्न र दोषीमाथि कारबाही गर्न समितिको माग छ। रासस


प्रकाशित : बुधबार, असोज १६ २०८११३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend