बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

‘कानून अभावमा विपद् कोषको रकम खर्च गर्न समस्या’

images
बुधबार, असोज १६ २०८१
images
‘कानून अभावमा विपद् कोषको रकम खर्च गर्न समस्या’

राहत सामग्री जिल्ला प्रशासनमार्फत मात्र वितरण हुनुपर्ने एकद्वार प्रणाली रहेकाले मधेस प्रदेश सरकार समस्यामा परेको उनको भनाइ छ।

images
images

जनकपुरधाम- मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले विपद् व्यवस्थापनसम्बन्धी ऐन तथा कानूनको अभावमा मधेस प्रदेशका बाढीपीडितलाई आर्थिक तथा भौतिकलगायत अन्य राहत सामग्री सहज रुपमा उपलब्ध गराउन नसकेको बताएका छन्।

images
images
images

गृह, सञ्चार तथा कानून मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित सुरक्षा तथा विपद्सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेशका आठ जिल्लामा जनधनको क्षति भएपनि प्रदेश सरकारको स्पष्ट निकाय नहुँदा क्षति विवरण संकलन तथा पीडितलाई सहयोग गर्न नसकेको उनले बताए।

images
images

राहत सामग्री जिल्ला प्रशासनमार्फत मात्र वितरण हुनुपर्ने एकद्वार प्रणाली रहेकाले मधेस प्रदेश सरकार समस्यामा परेको उनको भनाइ छ। जिल्ला प्रशासन कार्यालयबाट राहत सामग्री वितरणमा व्यापक ढिलाइ हुने तथा प्रक्रिया पुर्‍याउनुपर्ने समस्या रहेको उनको गुनासो छ। मधेस प्रदेशको विपद् व्यवस्थापन कोषमा १२ करोड रूपैयाँ रकम भएपनि आफैले खर्च गर्ने नसक्ने विडम्वना मन्त्री लेखीले सुनाए।

images
images

सोही कार्यक्रममा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिलमियाँ अन्सारीले हालै आएको बाढीले व्यापक क्षति पुर्‍याएकाले बाटोघाटोमा सुधार, पुलहरुको मर्मत तथा निमार्ण गरी सहज वातावरण बनाउनका साथै जनतालाई राहत सामग्री वितरणमा ढिलाइ गर्न नहुनेमा जोड दिए।

जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयहरु संघीय सरकारअन्तर्गत रहेकाले तिनीहरुमार्फत सुरक्षा र राहत सामग्रीलगायतका सामग्री वितरण गर्नुपर्ने प्रावधानले प्रदेश सरकारले बाढीपीडितहरुलाई सहयोग गर्न असमर्थ रहेको मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रप्रसाद महतोको भनाइ छ।

'वर्तमान संविधानमा जिल्ला प्रशासन कार्यालयको परिकल्पना छैन। अहिलेसम्म मधेस प्रदेश सरकारले प्रहरी ऐन ल्याउन नसकेको अवस्थामा प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीको सञ्चालन तथा खटनपटन गर्न सक्ने अवस्था छैन', उनले भने, 'अहिले हामी संघीयतालाई कार्यावन्यन तथा व्यवस्थित गर्ने प्रयासमा छौँ।'

सो अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेशका सांसदहरु रामसरोज यादव, सञ्जय यादव, मनोजकुमार सिंंह, सारदा पहाडी, रामआशिष यादव, राजेन्द्र यादव, जीवछी यादव र उपेन्द्र महतो तथा पूर्वमन्त्री शारदा थापालगायत वक्ताहरुले प्रहरी ऐन चाँडो ल्याउनुपर्ने तथा अविलम्ब बाढीपीडितहरुलाई राहत सामग्री उपलब्ध गराउनुपर्ने माग गरे। रासस


प्रकाशित : बुधबार, असोज १६ २०८११३:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend