काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको हो।
बिहीबार नेपाली बजारमा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँ बढेको छ। बिहीबार १२ सय ५५ रुपैयाँमा करोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि १२ सय ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।