बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

व्यासका चार वडालाई जोड्नेगरी चक्रपथ निर्माण गरिँदै, आगामी असारभित्र सक्नेगरी ४० करोडमा सम्झौता

images
बुधबार, असोज १६ २०८१
images
व्यासका चार वडालाई जोड्नेगरी चक्रपथ निर्माण गरिँदै, आगामी असारभित्र सक्नेगरी ४० करोडमा सम्झौता

प्रारम्भमा पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्गको स्तरोन्नतिका लागि प्रस्ताव गरिएकामा चार वडा जोड्ने आयोजना छनोटमा परेको हो।

images
images

तनहुँ- व्यास नगरपालिकाका चार वडालाई जोड्नेगरी चक्रपथ निर्माण प्रारम्भ भएको छ। नगरपालिकाका ७, ९, १० र ११ वडालाई जोड्ने गरी चक्रपथ निर्माण प्रारम्भ भएको हो।

images
images
images

विश्व बैंकको आर्थिक सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनालेव्यासको गौरव आयोजनामा समावेश भएको पराशर मार्गअन्तर्गत यस सडकको स्तरोन्नति थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले बताए।

images
images

पृथ्वीराजमार्गसँग जोडिएको व्यास नगरपालिक-१२ को घाँसीकुवासँग जोडिनेगरी पोल्याङ, सेरा, बेलटारी, फराकचौर, अधेरीभञ्ज्याङ, कुमालगाउँ, समता स्कुल हुँदै व्यास मार्गमा पर्ने कलेस्ती बजारसम्म पुग्ने १०.५५ किलोमिटर बाटो धमाधम कालोपत्र भइरहेको छ।

images
images

मूल्य अभिवृद्धि कर (भ्याट)सहित ४० करोड ८३ लाख ३५ हजार ९ सय २१ रूपैयाँमा निर्माण सम्झौता भएको यो आयोजना आगामी असारसम्ममा निर्माण कम्पनीले सम्पन्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ।

प्रारम्भमा पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्गको स्तरोन्नतिका लागि प्रस्ताव गरिएकामा चार वडा जोड्ने आयोजना छनोटमा परेको हो। रासस


प्रकाशित : बुधबार, असोज १६ २०८११२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend