काठमाडौं- नेपाल राष्ट्र बैंकले आजदेखि २ रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ।
बैंकले सुनौलो रंगको टकमारी गरिएको नयाँ सिक्का चलनचल्तीमा ल्याउन लागिएको जानकारी दिएको छ। पहिलेको २ रुपैयाँकै आकारको सिक्का बजारमा आउने बैंकले बताएको छ।
सिक्काको वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरू हुने छन्। सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा हुने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
यो सिक्काको नयाँ पहिचान दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने छन्। यसका लागि दुई वटा थोप्ला राखिएको हुनेछ।