शनिबार, पुस ६ गते २०८१    
images
images

घरघरमै बालबालिकालाई डिजिटल कारोबारमा प्रोत्साहन गर्ने 'ग्लोबल जुनियर एप'

images
बुधबार, असोज १६ २०८१
images
images
घरघरमै बालबालिकालाई डिजिटल कारोबारमा प्रोत्साहन गर्ने 'ग्लोबल जुनियर एप'
images
images

'ग्लोबल जुनियर एप' विशुद्ध बालबालिकालाई केन्द्रित गरेर ल्याइएको डिजिटल कारोबारको प्ल्याटफर्म हो। यसमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई डिजिटल बैंकिङमा जोड्ने लक्ष्य राखिएको छ। 

images
images
images

बालबालिकाको बैंकमा खाता खोल्न पनि अभिभावक आफै जानुपर्ने अभिभावकको रोहवरमा मात्र काम हुने झन्झटहरू रहेका छन्। त्यसमा पनि बालबालिकाले डिजिटल बैंकिङको सुविधा पाएका हुँदैनन्। 

images

बालबालिकालाई कसरी डिजिटल बैंक चलाउन सक्ने बनाउने र उनीहरूलाई त्यसमा कसरी अभ्यस्त बनाउन सकिन्छ भनेर उनीहरूले चलाउन सक्ने हेतुले 'ग्लोबल जुनियर एप' तयार गरिएको हो। 

images

एक महिनाअघि मात्रै सार्वजनिक गरिएको यो एप अहिलेसम्मको प्रयोगका हिसाबले निकै सकारात्मक देखिएको छ। यसको सबैभन्दा राम्रो पक्ष भनेकै यो चलाउन निकै सहज र सुविधायुक्त रहेको छ। 

कसरी डालनलोड गरेर प्रक्रिया पुर्‍याउने?

हुन त १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि भनिए पनि यो अभिभावकले नै कन्ट्रोल गर्ने एप हो। अभिभावकै निगरानीमा उनीहरूको अनुमतिअनुरुप बालबालिकाले यो एप चलाउन सक्छन्।

यसमा अभिभावकले आफ्नो ग्लोबल स्मार्ट प्लस एप डाउनलोड गरेपछि त्यसभित्र बैकिङ सर्भिस अप्सनभित्र ग्लोबल जुनियर एपको अप्सन आउँछ। त्यसमा नै बच्चाको नाम, उमेर र जन्मदर्ता खुल्ने कुनै पनि कागज अपलोड गर्न सकिन्छ। त्यसमा बच्चाको सबै विवरण प्रविष्ठ भएपछि ग्लोबल जुनियर एपको रजिस्ट्रेसन प्रोसेस पूरा हुन्छ।

त्यसपछि प्लेस्टोर वा आईओएसमा गएर बालबालिकाको मोबाइल या स्मार्ट डिभाइसमा ग्लोबल जुनियर एप डाउनलोड गर्नुपर्छ। त्यसलाई एक्टिभेट गर्नका लागि अभिभावको एपमा गएर जुनियर एपमार्फत क्यूआर स्क्यान गर्नुपर्छ। यो सबै प्रक्रिया पूरा गर्न एक मिनेटजति मात्र समय लाग्छ।  

रजिष्ट्रेसनको यो काममा केही अन्योलता के मा हुन सक्छ भने ग्लोबल जुनिएयर एप चाहिँ बच्चाको मोबाइल वा ट्यावमा डाउनलोड गर्नुपर्यो तर एप कनेक्टेड भने अभिभावकको मोबाइलमा हुन्छ। 

praksh paudel.jpg
प्रकाश पौडेल।

यसमा के-के गर्न सकिन्छ?

रजिष्ट्रेसनको काम भएपछि बच्चालाई त्यसमा पैसा पठाउन सक्छ। आजको दिनसम्म पैसा पठाउने बैंक एकाउन्टमा मात्र हो भन्ने चलन थियो। अझ बालबालिकाको हकमा त क्यास नै दिनुपर्ने अवस्था थियो। अब जुनियर एपमा बालिबालिकाका लागि अभिभावकले पैसा पठाउन सक्नेछन्। 

बुझ्नुपर्ने विषय यसका लागि बच्चाको कतै बैंक खाता खोलिएको पनि छैन र बच्चालाई बैंकमा पैसा पठाइएको पनि छैन। त्यसमा बच्चाका लागि बनाइएको एपमा पैसा हालिदिने हो। जुन एकाउन्ट बच्चाको डिजिटल रकम भएको बचत केन्द्रजस्तो पनि हो। यसमा उसले गर्ने खर्च र बचतको अवस्था अभिभावकको निगरानीमा हुन्छ। 

यसमा अभिभावकले आफ्नो बच्चाको लागि एपमा पैसा पठाउन सक्छन्। अभिभावकले बच्चाको खर्चको सबै निगरानी गर्न सक्छन्। एपमा कति पैसा छ भनेर हेर्न पनि सक्छन्। अभिभावकले बच्चाको एप बन्द पनि गराउन सक्छन्। कति कारोबार गर्ने भन्ने पनि तोक्न सक्छन्। अभिभावकले सबै कन्ट्रोल आफ्नै मोबाइलबाट गर्न सक्छन्। यसमा बैंकको कुनै पनि भूमिका हुँदैन। 

बालबालिकाले एपमा कति पैसा छ भनेर हेर्न सक्छन् र उनीहरूलाई आवश्यक पैसा अभिभावकसँग एपबाटै माग्न पनि सक्छन्। जुन पैसाले बालबालिकाले डिजिटल कारोबारमा भुक्तानी गर्न सक्छन्। क्युआर पेमेन्टमार्फत हुने सबै कामहरू गर्न सक्छन्। 

अहिलेसम्म यस्तो सुविधा आएकै थिएन। बालबालिकाले आफ्नो आवश्यकताअनुसार पेमेन्ट गर्न सक्छन्। सबै पेमेन्टको अवलोकन अभिभावकले आफ्नै एपबाट हेरिरेका हुन्छन्। कति पैसा पेमेन्ट गर्यो? भन्ने निगरानी हुन्छ। बालबालिकाले धेरै खर्च गरेको जस्तो लागेमा अभिभावकले आफ्नै एपबाट घटाउन पनि सक्छन्। 

यो एपमा हुने बालबालिकाको उमेर समूह सधैँ आफ्ना अभिभावकसँग मात्रै हुँदैनन्। विद्यालयमा या त बाहिर अन्य समयमा पनि उनीहरुले आफ्नो खर्चहरु गर्न परिरहेको हुन्छ। कतिपय स्टेसनरी सामानदेखि अन्य साना आवश्यकताहरु उनीहरूले आफै डिजिटल भुक्तानी गरेर पूरा गर्न सक्नेछन्। जसमा हरेक सूचनाहरू अभिभावकले पाइरहेका हुन्छन्। एक क्लिकमा नै अभिभावकले त्यसमा सबै निगरानी गरिरहेका हुन्छन्। पैसा थप्ने र घटाउने काम गर्न सक्छन्। 

हुन पनि अभिभावक व्यस्त भइरहेको समयमा बालबालिकाका लागि सबै ठाउँमा उपस्थित हुन मुस्किल हुन्छ। रकम भुक्तानी गरिदिनुपर्ने विषयमा मात्र होइन अन्य विषयमा पनि यो एपले साथ दिन्छ।  

यो एपमा टास्क असाइनमेन्ट भन्ने सुविधा पनि छ। जसमा एपबाटै बालबालिकालाई अभिभावकले कुनै कामको टार्गेटसमेत दिन सक्छन्। स्कूलबाट आएर गृहकार्य गराउने या गेमहरू खेलाउने विषय पनि यसमा टास्क बनाउन सकिन्छ। विभिन्न कामका लागि एपमा रकम राखिदिने पुरस्कारसमेत अभिभावकले बनाउन सक्छन्। बच्चालाई कन्ट्रोल गराउन यसले पुरस्कार एसेप्ट गर्छ र होमवर्क सकाएर एपमै फोटो पठाउँछ। अभिभावकले टाक्स भ्याएपछि ओके गर्छन् र १०० रुपैयाँ पुरस्कारस्वरुप जाने छ।

त्यसैगरी उदाहरणका लागि बालबालिका चिडियाखाना गएका हुन सक्छन्। एपमै तिमीले पाँचवटा जनावर हेरेर फोटो खिच्यौ भने पुरस्कार स्वरुप २०० रुपैयाँ दिनेछु भनेर लेख्न सकिन्छ। चिडियाखानामा गएर बालबालिकाले केही लेखेर फोटो पठाउँछ र यताबाट ओके भनेपछि २०० रुपैयाँ पुरस्कार पाउँछ। यसरी एपमा कन्ट्रोल हुने छ। 

यो सँगसँगै यसको मुख्य यसको उद्देश्य चाहिँ फरक छ। घरबाटै डिजिटल कारोबार सुरु गराउन हामीले चाहेका छौँ। हामी बाहिर हिँड्दा नगद बोक्नै छाडिसकेका छौँ। अधिकांश ठाउमा डिजिटल नै कारोबार गर्न थालेका छौँ। अहिले मोबाइलबाट वा कार्डबाट चलाउँछौँ। तर उही मान्छे घरमा छोराछोरीलाई टिफिन पठाउन पर्दा चाहिँ एटिएमबाट पैसा निकालेर दिने गरेका छौँ। 

घरमा बच्चा र अभिभावकको कारोबार नगदमा भइराखेको छ। यो हामीले सोचेकै छैनौँ। डिजिटल युग भनेर प्रचार गरियो तर घरमा नगद नै बाध्यता भइरहेको छ। किनभने बालबालिकालाई भोलि खाजा खानका लागि १०० रुपैयाँ दिँदैछौँ। अब यो एपले यो पूरै रोकिने छ।

बालबालिकालाई पैसा किन चाहिन्छ? स्कूलमा खाजा खान, स्टेसनरी किन्न, फि तिर्नका लागि पनि चाहिन्छ। अब यो एपले त्यो सबै नगद कारोबारको झन्झट अन्त्य गर्ने छ। एपमा पैसा पठाको छु त्यहाँबाट पैसा तिर है भन्न सकिन्छ। 

बालबालिकालाई गराइने डिजिटल कारोबारले चारवटा कुरामा फाइदा गराउने छ।

अब यसले अर्न, लर्न, सेभ र स्पेन्ट (आम्दानी गर्न, केही सिकाइ लिन, बचत गर्न र खर्च गर्न) सिकाउने छ। बालबालिकालाई १०० रुपैयाँ एपमा राख्दा उसले ९० रुपैयाँ खर्च गरेर १० रुपैयाँ बचत गर्ने छ। किनभने त्यो पैसा उसको हुने छ। यसले बचत र कमाउने कुरा सुरुमै सिकाउने छ। उसले पैसा देख्छ। त्यो मेरो पैसा भन्ने हुन्छ। 

जुनियर एपमा बच्चालाई ब्याजसमेत दिइने छ। जसले झनै बचतमा आकर्षित गर्ने छ। यसले सेभिङको ब्याज एपमा आउने छ। खुत्रुकेबाट यता सिफ्ट हुने छ। खुत्रुकेमा त ब्याज पाइन्न तर यता यो एपमा पाइन्छ। यसकारण बच्चाहरु बचतमा समेत आकर्षित हुनेछन्। जतिसुकै पैसा खुत्रुकेमा हालेपनि बच्चाले मेरो हो भन्छ। अब यो एपमा पनि उसको नै हुने छ। डिजिटल माध्यमबाट सबै कुरा बालकालिकाले सिक्ने छन्। 

यसको भविष्य के हो त?

यसमा बालबालिका १७ वर्ष पुगेपछि के हो त? एपमा राखिएको लाखौँ पैसा हुन सक्छ। जब बच्चा खाता खोल्न योग्य बन्छ त्यसपछि सोही एप सेभिङ एकाउन्टमा अपग्रेड हुनेछ। त्यसपछि साधारण सेभिङ बचत खाता बनाउने छ। 

यो एप विशेषगरी डिजिटल सिष्टम बनाउन ल्याइएको एप हो। हुन पनि बालबालिकाका लागि यस्तो खालको एप यसअघि कल्पना गरेको थिइएन। अब यसले डिजिटल कारोबारमा छुट्टै क्रान्ती ल्याउने छ। सबै प्रक्रिया यसले बदल्ने छ।

स्वंयम् बालबालिकाले आफ्नो एपमा रहेको पैसा हेर्न सक्ने छन्। यसमा मोबाइल नम्बर चाहिँदैन। एप डाउनलोड गरेपछि पुग्छ। स्मार्ट डिभाइस र इन्टरनेट भए पुग्छ। ग्लोबल आईएमई बैंकको सबै सुरक्षा यो एपमा हुनेछ। एपको पिन परिवर्तन अभिभावकले गर्न सक्छन्। समग्रमा अभिभावकले खर्च र बचतको डिजिटल केन्द्र बालबालिकाका लागि दिन सक्छन्।

(ग्लोबल आईएमई बैंकका ट्रान्जेक्सन बैंकिङ-सेल्स र बिजनेस विभाग प्रमुख प्रकाश पौडेलसँग गरिएको कुराकानीमा आधारित।)


प्रकाशित : बुधबार, असोज १६ २०८११२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend