बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

बाढीबाट मधेसमा पाँच अर्बभन्दा बढीको क्षति, धानखेती तहसनहस

images
बुधबार, असोज १६ २०८१
images
बाढीबाट मधेसमा पाँच अर्बभन्दा बढीको क्षति, धानखेती तहसनहस

कृषि विकास निर्देशनालयका अनुसार मधेसका आठ जिल्लामध्ये सबैभन्दा धेरै रौतहटमा धानबालीमा क्षति भएको छ।

images
images

धनुषा- हालैको बाढीपहिरो र डुबानबाट मधेसमा व्यापक क्षति भएको छ। प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार पाँच अर्ब रूपैयाँभन्दा बढीको हानी भएको छ।

images
images
images

अन्न भण्डारका रूपमा परिचित मधेसका धानखेत डुबेका छन्। बाला लागेको धान डुब्दा किसान चिन्तित छन्। माछा पोखरी डुब्दा करोडौँको क्षति भएको कृषि विज्ञहरूले बताएका छन्।

images
images

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मनसुनजन्य विपद्‌बाट सिर्जित परिस्थितिका सन्दर्भमा छलफल गरी छिटोभन्दा छिटो कृषि क्षेत्रको क्षतिका तथ्यांक संकलन गरी आगामी रणनीति बनाउन कर्मचारीलाई निर्देशन दिएपछि सातै प्रदेशबाट क्षतिको विवरण माग्ने कामले तीव्रता पाउँदा अहिले प्रारम्भिक क्षति विवरण तयार पारिएको छ।

images
images

मंगलबारसम्मको प्रारम्भिक विवरणानुसार विपद्‌बाट धान बालीमा ठूलो क्षति भएको मन्त्रालयका सूचना अधिकारी वरिष्ठ कृषि अर्थविद् महानन्द जोशीले जानकारी दिए। कृषि अर्थविद् जोशीका अनुसार मधेस प्रदेशको धानखेती तहसनहस भएको छ। मधेसका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा धान बाली नष्ट भएको छ।

मधेस प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार वर्षाले मधेस प्रदेशमा कृषि क्षेत्रमा पाँच अर्ब ३३ करोड ७५ लाख रूपैयाँको क्षति पुर्याएको प्रारम्भिक विवरणमा जनाइएको छ। प्रदेशका आठ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरणानुसार ४२ हजार ६९ हेक्टरमा लगाइएको धान बालीमा क्षति पुगेको अनुमान छ।

यसैगरी चार हजार तीन सय ९३ हेक्टरमा लगाइएको सागसब्जी नष्ट हुँदा एक करोड ३२ लाख रूपैयाँ, २२ हेक्टर क्षेत्रमा लगाइएको फलफूलमा क्षति हुँदा ४४ लाख रूपैयाँ र ८५ हेक्टरको उखुमा क्षति पुग्दा तीन करोड ४० लाख रूपैयाँको क्षति भएको अनुमान गरिएको छ।

कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवका अनुसार दुई हजार तीन सय हेक्टर क्षेत्रमा मत्स्यपालन प्रभावित हुँदा २३ करोड रूपैयाँको क्षति अनुमान गरिएको जनाए। डुबानका कारण १४ हजार दुई सय पाँचवटा पशुपक्षी मर्दा ७६ लाख रूपैयाँ बराबरको क्षति भएको छ।

कृषि विकास निर्देशनालयका अनुसार मधेसका आठ जिल्लामध्ये सबैभन्दा धेरै रौतहटमा धान बालीमा क्षति भएको छ।

रौतहटमा १० हजार दुई सय ४३ हेक्टरको धानबाली प्रभावित हुँदा एक अर्ब २२ करोड ९१ लाख ५० हजार, सप्तरीमा नौ हजार तीन सय ६७ हेक्टरको धान बाली नोक्सान हुँदा एक अर्ब २२ करोड ४० लाख ४० हजार, बारामा ६ हजार चारसय ७२ हेक्टर क्षेत्रमा लगाइएको धान बालीमा बाढी र डुबानले प्रभावित हुँदा ७७ करोड ६६ लाख ४० हजारको क्षति भएको छ।

यसैगरी सर्लाहीमा ६ हजार पाँच सय ८४ हेक्टर क्षेत्रको धान बाली क्षति हुँदा ६९ करोड, सिराहामा १५८.६ हेक्टरमा लगाइएको धानबालीमा क्षति भएको छ। पशुपक्षीमा सबैभन्दा बढी पशुधन नाश सर्लाहीमा भएको छ।

मधेसमा १४ हजार दुई सय पाँच पशुपक्षी मरेका छन् भने सर्लाही मात्र १० हजार पशुपक्षी नष्ट भएका छन्। धनुषामा सात सय हेक्टर बालीमा क्षति भएको छ। रासस 


प्रकाशित : बुधबार, असोज १६ २०८१११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend