शुक्रबार, चैत २२ गते २०८१    
शुक्रबार, चैत २२ २०८१
images
images

राम्रो आम्दानी हुने भएपछि खाद्यान्नबालीको तुलनामा कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण

images
बुधबार, असोज १६ २०८१
images
images
राम्रो आम्दानी हुने भएपछि खाद्यान्नबालीको तुलनामा कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण

जिल्लामा १२ स्थानीय तहमध्ये लिसङ्खुपाखर, पाचँपोखरी थाङपाल गाउँपालिकाबाहेक सबैमा कफीखेती विस्तार गरिएको छ।

images
images

सिन्धुपाल्चोक- यहाँका किसान कफीखेतीतर्फ आकर्षित भएका छन्। एकपटक रोपेपछि ३५-४० वर्षसम्म उत्पादन प्राप्त हुने भएकाले किसान कफीखेतीतर्फ आकर्षित भएका हुन्।

images
images

गत आर्थिक वर्षमा जिल्लामा रु एक करोड ३२ लाख मूल्य बराबरको ३० मेट्रिक टन कफी उत्पादन भएको थियो।

images
images

उत्पादित कफीमध्ये ‘ए’ ग्रेडको ‘पार्चमेण्ट ग्रिनवीच’ कफी प्रतिकिलो आठ अमेरिकी डलरमा कोरिया, अष्ट्रेलिया र जापानमा गरी १० दशमलव तीन मेट्रिकटन निर्यात भई बाँकी स्वदेशमा नै खपत हुने गरेको जिल्ला कफी सहकारी संघकी अध्यक्ष मन्दु थापाले जानकारी दिइन्।

images
images

कफीखेतीबाट जिल्लाका किसानले वार्षिक ६० हजारदेखि एक लाख २५ हजार रूपैयाँसम्म आम्दानी गर्न सफल भएपछि खाद्यान्न बालीको तुलनामा यसतर्फ अभिरुचि देखाउन थालेका थापा बताउँछिन्। कफीको बिरुवालाई छहारीको आवश्यकता पर्ने हुँदा केराखेती, फलफूल र खाली जमिनमा अदुवा, खुर्सानी तथा बेसारखेती गर्न सकिने हुँदा अतिरिक्त आम्दानी गर्न सकिन्छ।

कफी सदावहार बिरुवा भएकाले यसले वातावरण स्वच्छ राख्न र भूक्षय रोक्नसमेत सघाउ पुर्‍याउँछ। सन् २००८ मा जिल्ला कफी सहकारी संघ स्थापना भएदेखि यहाँ उत्पादित कफी विदेश निर्यात हुन थालेको हो। जिल्लामा १२ स्थानीय तहमध्ये लिसङ्खुपाखर, पाचँपोखरी थाङपाल गाउँपालिकाबाहेक सबैमा कफीखेती विस्तार गरिएको छ। यहाँको हावापानीअनुसार सबैभन्दा उत्तम मानिने बोर्न प्रजातिको अराविक कफीको बिरुवा लगाइएको छ। 

सिँचाइ र छहारीको कमी भएका केही ठाउँका पुराना बोटमा हाल सेतो गवारो लागेपछि जैविक विधिबाट उपचार भइरहे पनि पूर्ण रूपमा नियन्त्रण हुन नसकेको उनी बताउँछिन्। कफीका दाना मङ्सिरदेखि चैतसम्म टिप्ने गरिन्छ। जेठसम्म सबै संकलन भएपछि अरु काम गरिन्छ। यस कार्यमा संलग्न महिला र पुरुष ३०-३२ जनाले रोजगारी पनि पाएको संघले जनाएको छ।

परम्परागत खेती गर्दै आएका किसान अहिले कफीखेतीमा आकर्षित भएका छन्। एकपटक रोपेपछि ४० वर्षसम्म उत्पादन दिने भएकाले पनि किसानले कफीखेती रोजेका हुन्। पछिल्लो समय जिल्लामा किसानलाई बगैँच सुधार, आम्दानीमा बढावा हुने उपाय, रोग लागेका त्यसको समाधानबारे जानकारी दिन थालिएपछि कफीखेतीमा किसानको झुकाव बढेको हो।

अरनिको कृषि तथा पशुपालन फार्मले किसानलाई व्यावसायिक बनाउन सहजीकरण गरिरहेको छ। फार्मले किसानलाई बिरुवा उपलब्ध गराउनेदेखि कफी खरिद गरिदिने गरेको फार्मका व्यवस्थापक दीपेन्द्र घलेले जानकारी दिए। फार्ममा ६ हजार बोटको बगैँचा  पनि छ। आफैले निर्माण गरेको नर्सरीबाट बिरुवा उत्पादन गर्ने गरेको उनी बताउँछन्। उनले स्थानीय तहदेखि विभिन्न संस्थासँगको समन्वयमा किसानलाई कफीखेतीबारे तालिम, अन्तरक्रिया गरेर क्षमता अभिवृद्धि गर्ने गरेको सुनाए।

कफीखेतीमा किसान लागेपछि गाउँको बाँझो जमिन सदुपयोग भएको छ। कफीखेतीमार्फत अर्थतन्त्रमा नगन्यमात्रामा भए पनि टेवा दिन राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया तथा कफी विकास कार्यालयले पनि किसानलाई प्राविधिक सहयोग गर्न थालेको छ। 

उक्त कार्यालयका कृषि प्राविधिक एकराज सञ्जेलले गाउँका किसानलाई कफीखेतीको उपयोगिताबारे जानकारी दिने गरेको बताए। उनले कफीका लागि सिन्धुपाल्चोकको जलवायु र माटो उपयुक्त भएको बताए। सिन्धुपाल्चोकमा उत्पादित कफी जापान, कोरियालगायत देशमा निर्यात हुँदै आएको कृषि ज्ञान कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असोज १६ २०८१११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend