शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

मुक्तिनाथ-पुराङ-झोङ-तेताङ सडक निर्माण थालियो

images
बुधबार, असोज १६ २०८१
images
images
मुक्तिनाथ-पुराङ-झोङ-तेताङ सडक निर्माण थालियो

यो आयोजनाका लागि गण्डकी प्रदेश सरकारले १० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

images
images

म्याग्दी- मुस्ताङको वारागुङ-रानीपौवाबाट मुक्तिनाथ-पुराङ-झोङ हुँदै तेताङ जोड्ने सडक खोल्ने तथा स्तरोन्नति गर्ने आयोजना सुरु भएको छ।

images
images

आयोजनामार्फत रानीपौवाबाट झोङसम्म चार किलोमिटरमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र र झोङबाट तेताङसम्म सात किलोमिटर नयाँ मार्ग निर्माण गरिने मुस्ता¬ङ पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी घनश्याम मगरले जानकारी दिए।

images
images

'सम्झौता गरेको निर्माण कम्पनीले तेताङतर्फबाट डोजर परिचालन गरेर ‘ट्रयाक’ निर्माण थालेको छ', उनले भने, 'रानीपौवा-झोङ खण्डमा कालोपत्रका लागि पहिलो चरणमा सडक फराकिलो बनाउन सुरु भएको छ।'

images
images
images

यो आयोजनाका लागि गण्डकी प्रदेश सरकारले १० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

विसं २०८३ साउन २८ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेको आयोजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक करोड ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। 

यो कालीगण्डकी करिडोरको कागबेनी-छुसाङ खण्डको वैकल्पिक सडक हो। कागबेनीबाट मुक्तिनाथ मन्दिरमा जाने पर्यटक तथा तीर्थयात्रीलाई यही सडक भएर उपल्लो मुस्ताङको यात्रा गर्न सहज हुनेछ।

वारागुङ मुक्तिक्षेत्र, लोघेकर-दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सहज हुने भएकाले यो सडकलाई प्राथमिकता दिएको हो। रासस


प्रकाशित : बुधबार, असोज १६ २०८१११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend