बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

images
बुधबार, असोज १६ २०८१
images
सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

'वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई अलर्ट रहन निर्देशन दिएको छु', उनले भने।

images
images

काठमाडौं- गृहमन्त्री रमेश लेखकले प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरुलाई निर्देशन दिएका छन्।

images
images
images

कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारीलगायतलाई गृहमन्त्री लेखकले निर्देशन दिएका हुन्।

images
images

गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

images
images

'वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई अलर्ट रहन निर्देशन दिएको छु', उनले भने।

थप समन्यव र सो सम्बन्धी आवश्यक काम कारवाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरण तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताए।

मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले मुलुकक धेरै राजमार्गहरु अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सबैमा आग्रह गरेका छन्।


प्रकाशित : बुधबार, असोज १६ २०८११०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend